बूढानीलकण्ठ र सानेपामा पनि हैजा
तुलनात्मक रूपमा कम प्रदूषित क्षेत्र मानिएको बूढानीलकण्ठ नगरपालिकामा समेत हैजाका बिरामी भेटिएपछि राजधानीबासीमा त्रास बढेको छ। बुधबारसम्म जम्मा पाँच व्यक्तिमा हैजा देखिएको छ। तीन दिनअघि दुई जनामा देखिएको यस रोगलाई लिएर आम व्यक्तिमा 'अपवाद हो, अन्यत्र देखिन्न' भन्ने मनोभाव काठमाडौंको दक्षिणी क्षेत्र सानेपामा पनि देखिएपछि सम्पूर्ण उपत्यका नै प्रभावित हुन सक्ने त्रास बढेको छ।
काठमाडौं उपत्यकामा बुधबार थप तीन जनामा हैजाको संक्रमण पुष्टि भएको हो। काठमाडौंको टेकुस्थित इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार, दुई जनाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा हैजा पुष्टि भएको र अर्का एक जनाको पाटन अस्पतालले आरडीटी परीक्षण गर्दा सोही रोग देखिएको हो। कपन र सानेपाका बासिन्दामा हैजा पुष्टि भएको महाशाखाका निर्देशक डा. चुमनलाल दासले बताए। आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षा तथा खेलकुद मन्त्रालयको १०० दिनः यी हुन् मुख्य कार्य र सुधारका प्रयासहरू
-
उद्योग मन्त्रालयको १०० दिने कार्यप्रगति विवरणमा केके छन् ?
-
मुख्यमन्त्री कार्यालयमा ‘कन्सल्टेन्ट मोह’
-
यस्तो छ ऊर्जा मन्त्रालयको सयदिने उपलब्धि
-
भोजपुर पूर्णखोप सुनिश्चित जिल्ला घोषणा
-
साढे ४३ करोड वक्यौता असुली, विदेशमै लुक्ने त्रिविका ४०० प्राध्यापकबाट १३ करोड असुल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण