शुक्रबार, २६ असार २०८३
ताजा लोकप्रिय

ललितपुरका जनप्रतिनिधिलाई आज प्रचण्डले प्रशिक्षण दिने

बिहीबार, ०९ असार २०७९, ०९ : ३०
बिहीबार, ०९ असार २०७९

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज ललितपुरमा पार्टीबाट चुनिएका स्थानीय जनप्रतिनिधिलाई प्रशिक्षण दिँने भएका छन् । 

बिहान ११ बजेबाट गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनबाट निर्वाचित ललितपुरका जनप्रतिनिधिहरूलाई प्रशिक्षण दिन लागिएको हो । 

प्रचण्डले यसअघि पनि देशभरका जनप्रतिनिधिलाई स्थानीय जनताको चाहनाअनुसार काम गर्न निर्देशन दिएका थिए । समाजवादको आधार स्थानीय तहबाट सुरु गर्नुपर्नेमा प्रचण्डको जोड रहँदै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप