आलिया मेरो दाल–भात हुन्, अब बर्गर, हक्का नुडल चाहिँदैन : रणबीर कपुर
बलिउड अभिनेता रणबीर कपुरले हालै आफ्ना दुई फिल्मबाट जे जति प्रतिक्रिया पाएका छन्, त्यो हेर्दा उनले बक्स अफिसमा ठूलै धमाका मच्चाउने हुन् कि भनेर धेरैले आशा व्यक्त गरेका छन् । शुक्रबार रणबीरको अर्को एउटा फिल्मको ट्रेलर रिलिज भएको छ । शमशेराको ट्रेलरमा रणबीर पूर्ण रुपमा छाएका छन् ।
रणबीरले विवाहबारे कुरा गरेः
शमशेराको ट्रेलर लञ्च कार्यक्रममा रणबीर कपुरले मिडियासँग खुलेर कुराकानी गरेका छन् । अभिनेताले फिल्म शमशेराबाहेक आफ्नो विवाह र श्रीमती आलिया भट्टबारे पनि कुराकानी गरेका छन् । रणबीरले आलियाको तारिफ पनि गरेका छन् । यतिमात्रै होइन, रणबीर कपुरले आलियालाई कति धेरै माया गर्छन् र विवाहपछि उनले कुन कुरा महसुस गरे भन्ने पनि जानकारी दिएका छन् ।
विवाहपछि रणबीरको फेरियो सोच
रणबीरले आलिया आफ्ना लागि दाल भात सरह भएको जानकारी दिँदै भने, ‘यो वर्ष मेरा लागि निकै राम्रो रह्यो । यो वर्ष फिल्म रिलिज हुनुका साथै मेरो विवाह पनि भयो । जुन मेरो जीवनको एक सुन्दर चिज रह्यो । म सधैँ फिल्ममा भन्ने गर्दथेँ कि विवाह एक दाल–भात जस्तै हो । जीवनमा त थोरै टंगडी कबाब, किमा पाव, हक्का नुडल्स हुनुपर्छ । तर बोस जीवनमा त दाल भात नै उत्कृष्ट हो, अरु केही कुरा पनि होइन रहेछ । त्यो दाल भातमा तड्का छ, मिठास छ, सबैकुरा छ ।’
बी टाउनका चर्चित जोडी हुन् रणबीर–आलिया
रणबीरको यो बयानले थाहा हुन्छ कि आलिया उनका लागि किन महत्वपूर्ण छिन् । रणबीर र आलिया बी टाउनका निकै चर्चित जोडीमध्ये एक हुन् । यी दुईको यसै वर्ष विवाह भएको हो । विवाह निकै गोप्य रुपमा भयो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
आज हरिशयनी एकादशी: तुलसीको बिरुवा सारिँदै
-
शनिबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल
-
दाङमा ट्राफिक प्रहरीद्वारा १ करोड ५० लाख भन्दा बढी राजश्व सङ्कलन
-
आन्तरिक राजस्व कार्यालय विराटनगरद्वारा रु १० अर्ब राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण