कात्तिक ३० मा संघीय निर्वाचन गर्न आयोगले अनौपचारिक प्रस्ताव गरेको छ : मन्त्री श्रेष्ठ
जनता समाजवादी पार्टीका नेता तथा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठले निर्वाचन आयोगले संघीय तथा प्रदेश निर्वाचनको लागि कात्तिक ३० गतेका लागि अनौपचारिक मिति प्रस्ताव गरेको बताएका छन् ।
काठमाडौं महानगरको नीति तथा बजेट सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले भने -'निर्वाचन आयोगले मंसिर २२ गतेसम्म मात्रै यस संसदको अवधि रहने भनेको छ । यो भन्दा केही अगाडि चुनाव हुन्छ । अहिले आयोगले दुई चरणमा गर्ने हो भने कात्तिक २८ र मंसिर ३ गते भनेर अनौपचारिक भनिसकेको छ । हैन एकैचोटी गर्ने हो भने कात्तिक ३० गते भनेर भनिसकेको छ । '
सम्बोधनको क्रममा मन्त्री श्रेष्ठले युवा पुस्ताको नेतृत्वले काठमाडौं महानगरको विकासले फड्को मार्ने विश्वास पनि व्यक्त गरे । श्रेष्ठले स्वतन्त्रबाट मेयरमा विजयी भएका बालेन्द्र शाह राजनीतिक दलहरूसँग सहकार्य गरेर महानगरलाई अघि बढाउन चाहेको आफूले पाएको बताए ।
देश संघीयतामा गएसँगै तीन तहको सरकार अस्तित्वमा रहेकोले तीनै तहले एक अर्काको अस्तित्व स्वीकारेमा मात्र देश विकासले फड्को मार्ने पनि उनले बताए ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण