रुसले बेलारुसलाई परमाणु क्षमता भएको क्षेप्यास्त्र दिने
रुसले बेलारुसलाई परमाणु क्षमता भएको छोटो दुरीको क्षेप्यास्त्र प्रदान गर्ने राष्ट्रपति भ्लादिमिर पुटिनले जानकारी दिएका छन् । उनले ‘इस्कान्डेर–एम’ सिस्टमले ‘बालिस्टिक र क्रुज मिसाइल पारम्परिक र परमाणु क्षमतासहित’ प्रहार गर्न सक्ने बताए । यसको दायरा ५ सय किलोमिटर रहेको बताइएको छ ।
गत फेब्रुअरी २४ मा युक्रेनमाथि हमला गरेपछि रुस र पश्चिमा राष्ट्रहरूबीच तनाव बढ्दो छ । त्यसयता पुटिनले परमाणु हतियारबारे धेरै पटक चर्चा गरेका छन् । यसलाई पश्चिम राष्ट्रहरुलाई हस्तक्षेप नगर्न चेतावनीको रूपमा व्याख्या गरिएको छ । सेन्ट पिटर्सबर्गमा बोल्दै पुटिनले बेलारुसको एसयू–२५ युद्धविमानहरुलाई परिष्कृत गरेर परमाणु हतियार बोक्ने क्षमताको बताउन मद्दत गर्ने बताएका छन् ।
उता शनिबार रुसी सेनाले युक्रेनको पूर्वी सहर सेभेरोडोनेस्कलाई पूर्णरुपमा कब्जा गरेको छ । यो सहर कब्जा गरेसँगै रुसले लुहान्सक क्षेत्रको प्राय सबै क्षेत्र तथा डोनेस्कको धेरै क्षेत्रमा नियन्त्रण बनाएको छ । यो दुई क्षेत्रले ठूलो औद्योगिक क्षेत्र डोनबास बन्दछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
-
एकै वर्षमा साढे ८५ करोडको लागुऔषध बरामद, जनस्वास्थ्यमा गम्भीर असर
-
बागमतीका ३ जना विना विभागीय मन्त्रीको जिम्मेवारी तोकियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण