भारतमा तीव्र गतिमा बढ्दै कोरोना, ५ दिनमा ७० हजार बढी सङ्क्रमित थपिए
आइतबार, १२ असार २०७९, १० : १३
भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या लगातार बढिरहेको छ । पछिल्लो २४ घण्टामा भारतमा थप ११ हजार ५७८ जनामा सङ्क्रमण पुष्टि भएको छ भने २५ जनाको मृत्युसमेत भएको छ ।
पाँच दिनको अन्तरालमा नै सङ्क्रमितको सङ्ख्या ७० हजार २६५ ले वृद्धि भएको छ । योसँगै भारतमा सक्रिय सङ्क्रमितको सङ्ख्या बढेर ९१ हजार ६१ पुगेको छ ।
एक दिन अघि भारतमा १५ हजार ९४० जना सङ्क्रमित थपिएका थिए भने २० जनाको मृत्यु भएको थियो । देशमा सङ्क्रमण दर बढेर ४.३९ पुगेको छ । बिहीबार १७ हजार ३३६ जना नयाँ सङ्क्रमित फेला परेका थिए भने १३ जनाको मृत्यु भएको थियो ।
भारतको केरलमा सङ्क्रमण दर १७ प्रतिशतभन्दा बढी रहेको छ । त्यहाँ पछिल्लो २४ घण्टामा ४ हजार ९८ जना नयाँ सङ्क्रमित फेला परेका छन् भने १० जनाले ज्यान पनि गुमाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
-
झापामा मनाइयो बीपी कोइरालाको ४४औँ स्मृति दिवस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण