स्थायी सरकार नभएसम्म देश विकास असम्भव : नेता साह
नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं पूर्व मन्त्री प्रभु साहले प्रत्यक्ष निर्वाचनमार्फत कार्यकारी प्रमुखको व्यवस्था गरि स्थायी सरकार नबनाएसम्म देशको विकास असम्भव रहेको टिप्पणी गरेका छन् ।
नेता साहसहितको टोलीले रौतहट क्षेत्र ३ अन्तर्गत विभिन्न योजनाहरुको अनुगमन पछि ईसलामपुरमा कार्यकर्तालाई सम्बोधन गर्दै उक्त टिप्पणी गरेका हुन । उनले देशको राजनीतिक संकट टार्न प्रत्यक्ष निर्वाचन मार्फत कार्यकारीको ब्यवस्था गर्न आग्रह गरे । संविधान संशोधन गरी प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको व्यवस्था गर्न जरूरी रहेको बताए।
आउँदो संसदीय निर्वाचनको सट्टा तत्काल संविधान संशोधन गरि कार्यकारी प्रमुखको व्यवस्था गरी त्यसको चुनावतिर लाग्नुको विकल्प नरहेको उनले बताए । नेता साहले संसदीय प्रणालीबाट मुलुकमा निरन्तर अस्थिरता पैदा भएको र त्यसैको फलस्वरुप देशमा भ्रष्टाचार र महँगी बढेको बताए । जनताबाट प्रत्यक्ष निर्वाचित प्रमुखको व्यवस्था गरे मात्र अहिलेको संकट टर्ने बताए ।
'मिश्रित संसदीय प्रणालीमा चलिरहेको देशको वर्तमान समयमा स्थिरता कायम गर्न धेरै प्रयासहरु भए । विगत विभिन्न दलहरूको सहकार्य देखि ऐतिहासिक वाम गठबन्धन हुँदै बहुमत सहितको नेकपा पार्टी निर्माणसम्मका प्रयासहरुले पनि ५ वर्ष सरकार टिक्न सकेन' उनले भने 'अहिले पनि अपवित्र गठबन्धन गरि बनाएको सरकार कुन दिन ढल्छ थाहा छैन ।' पुर्व मन्त्री प्रभु साहले यी सबै संकटको एकमुष्ट निवारण भनेकै संविधान संशोधन गरी प्रत्यक्ष कार्यकारी प्रमुखको व्यवस्था गर्नु बाहेक अन्य विकल्प नरहेको दाबी गरेका छन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हुथीद्वारा साउदी अरबमाथि मिसाइल आक्रमण
-
हजारौँ करार र ज्यालादारी कर्मचारी हटाएर सरकारले नीतिगत भ्रष्टाचार गर्दै छ : सांसद राई
-
सरकारमाथि प्रतिपक्षी सांसदले औँला ठड्याए, सत्तापक्ष प्रमाण माग्दै सरकारको बचाउमा
-
सम्पत्ति छानबिनमा सरकारले राजनीति गर्यो, आफ्ना मन्त्री र सांसदलाई जोगाउन खोजियो : शाही
-
देशभरका २१ वटा सडक प्रभावित
-
ट्रम्पले आईआरएस मुद्दाको दुरुपयोग गरेको अमेरिकी न्यायाधीशको ठहर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण