नेपालमा पोर्टफोलियो विस्तार गर्दै शाओमी
स्मार्टफोन ब्रान्ड शाओमीले विभिन्न स्मार्ट उपकरणहरू पनि उत्पादन गर्दै आएको छ । स्मार्टफोन र ल्यापटप बाहेक २५२ मिलियन भन्दा बढी स्मार्ट उपकरणका साथ शाओमीले ‘एएलवटी’ प्लेटफर्मको रूपमा आफूलाई विस्तार गरेको छ ।
नेपालमै पहिलो पटक कम्पनीले विभिन्न विधाका नयाँ उत्पादनहरू पनि ल्याउने भएको छ ।
शाओमी वाच
एसवान एक्टिभमा ११७ स्पोर्ट मोडहरू छन् । जस मध्ये १९ वटा व्यावसायिक छन्। मुटुको धडकनको गति र रगतमा भएको अक्सिजनको मात्रा जाच्न सेन्सर प्याकको साथ बाहिरी गतिविधि ट्र्याकिङका लागि डुअल ब्यान्ड पोजिसनिङ भएको एस १ एक्टिभ पानी प्रतिरोधी पनि छ। यसमा भएको माइक्रो फोन र स्पिकरले घडीबाट कलहरू उठाउन सकिने कम्पनीको भनाइ छ । यसको मूल्य २२ हजार ९९९ रुपैयाँ तोकिएको छ ।
रेडमी ब्यान्ड प्रो
यसैगरी कम्पनीले आयताकार मोड्युलमा १.४७ इन्चको स्मार्ट ब्यान्ड प्रो पनि ल्याउने भएको छ । रेडमी स्मार्ट ब्यान्ड प्रो लाई मी फिट एप मार्फत स्मार्ट फोनसँग कनेक्ट गर्न सकिन्छ । जहाँ एप सूचनाहरू, फोन कल र थप जानकारीहरू आफ्नो ब्यान्डमै प्राप्त गर्न सकिनेछ । यसको मूल्य ६,१९९ रुपैयाँ तोकिएको छ ।
एयर कम्प्रेसर
शाओमीमी पोर्टेबल एयर पम्पको साथ, बिना कुनै समस्या आफ्नो टायरलाई उचित प्रेसरको साथ हावा भर्न सकिनेछ । जसले गर्दा यो पम्पलाई साइकल, स्कुटर, मोटरसाइकल र कारको टायरका लागि पनि प्रयोग योग्य बनाउँछ। यसको मूल्य ५ हजार ९९९ रुपैयाँ तोकिएको छ ।
एयर प्युरिफायर
सेतो रंग अनि आयताकारको डिजाइन भएको, मी एयर प्युरिफायर ३ ले सजिलै घरको प्रदूषित हावा हटाएर सफा हावा भरिदिने कम्पनीको भनाइ छ । यसमा भएको रिङ लाइट डिस्प्लेले हावाको गुणस्तर अनुसार रङ परिवर्तन गर्नुका साथै हावामा पीएम कन्सनट्रेसन २.५ भन्दा बढी हुँदा यसको रंग हरियोबाट पहेँलो र रातोमा परिवर्तन हुने कम्पनीको भनाइ छ । यसको मूल्य २० हजार ९९९ रुपैयाँ तोकिएको छ ।
टूथ ब्रशःटी १०००
शक्तिशाली सोनिक मोटर भएको यो टूथब्रश प्रति मिनेट ३१,००० भन्दा बढी कम्पन पैदा गर्छ । जसले यसलाई प्रयोग गर्न सजिलो बनाउँछ । शाओमीमी इलेक्ट्रिक टूथब्रशले दाँतको बीचको भागमा अड्किएको फोहरलाई प्रभावकारी रूपमा हटाइ गहिरो सफाई गर्दछ । यसको मूल्य १ हजार ६९९ रुपैयाँ तोकिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
-
चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि १२ जना सर्टलिस्टमा
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण