यी हुन् प्रचण्डले ट्वीटरमा फलो गरेका ८ व्यक्ति
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक सञ्जाल ट्वीटरमा जम्मा ८ जनालाई मात्र फलो गरेका छन् ।
उनले फलो गरेकामध्ये तीन जना परिवारका सदस्य र बाँकी ५ जना अमेरिकी राजनीतिज्ञ छन् । उनले छोरीहरू रेनु दाहाल र गंगा दाहाल र नातिनी सृष्टी दाहाल केसीलाई फलो गरेका छन् । यस्तै उनले फलो गरेका विदेशीमा अमेरिकी राष्ट्रपति जो बाइडेन, अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस, अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामा, अमेरिकी पूर्वराष्ट्रपति विल क्लिन्टन र अमेरिकी पूर्व विदेशमन्त्री हिलारी क्लिन्टन रहेका छन् ।
माओवादी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा (एकीकृत समाजवादी)का नेता माधवकुमार नेपाल र जनता समाजवादी पार्टी (जसपा), नेपालका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई कसैलाई पनि ट्वीटरमा फलो गरेका छैनन् ।
ट्वीटरमा उनको आधिकारिक ट्वीटर ह्याण्डिल ‘एटसीएमप्रचण्ड’ रहेको छ । ट्वीटरले भेरीफाइ गरेको उनले उक्त ह्याण्डिलबाट उनले आफ्नै पार्टीको कुनै एक नेतालाई पनि फलो गरेका छैनन् । यो समाचार तयार पार्दासम्म उनलाई ट्वीटरमा ३ लाख ६३ हजार ९१९ जनाले फलो गरेका छन् । – न्युज कारखाना
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
माङसेबुङमा सिँचाइ कुलो निर्माण भएपछि किसान हर्षित
-
कांग्रेस अन्तरविरोध : दुवै पक्षका अडान पार्टी जुटाउन कि फुटाउनतिर ?
-
कर्मचारीको अनुशासन र आचरण सुधार्न सुरु गरियो ‘डिजिटल’ निगरानी
-
चार सातादेखि मधेसको बजेट अल्झियो, प्रतिपक्षीको अवरोधले ठप्प प्रदेश सभा
-
गणेश नेपालीको अवस्थाबारे जानकारी दिन पत्रकार सम्मेलन गर्दै वीर अस्पताल
-
गणेश नेपाली घटना प्रकरण : छानबिन गर्न युवा सङ्घको माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण