विश्वको सबैभन्दा ठूलो ब्याक्टेरिया भेटियो, सामान्यभन्दा ५ हजार गुणा ठूलो
हालै वैज्ञानिकले ब्याक्टेरियाको एउटा नयाँ प्रजाति फेला पारेको छ । यो प्रजातिको ब्याक्टेरिया हालसम्मको सबैभन्दा ठूलो ब्याक्टेरिया भएको वैज्ञानिकले बताएका छन् । एउटा मात्रै कोसिका भएको यो ब्याक्टेरियाको कोसिका यति ठूलो छ कि यसको तुलना एक सेन्टिमिटर लामो मानिसको परेलासँग गरिएको छ । यो ब्याक्टेरिया सामान्य ब्याक्टेरियाको तुलनामा करिब ५ हजार गुणा ठूलो छ ।
शोधका लेखक तथा लरेन्स बर्कले नेशनल लेबोरेटरीमा मरिन बायोलोजिस्ट जीन–मेरी भोलेन्डका अनुसार यति ठूलो ब्याक्टेरिया भेटिनु आफैँमा एउटा आश्चर्यको कुरा थियो ।
साइन्स जर्नलमा प्रकाशित एक नयाँ शोधका अनुसार थियोमार्गरिटा म्यान्फिा नामको यो ब्याक्टेरियाबारे सबैभन्दा पहिला गुआदेलुपमा युनिभर्सिटी डेस एन्टिल्सका मरिन बायोलोजीका प्राध्यापक ओलिवियर ग्रोसले फेला पारेका थिए । यो ब्याक्टेरिया उनले क्यारिबियन मेन्ग्रोव दलदलमा फसेका बेला देखेका थिए ।
यसको आकारका कारण सुरुमा यसलाई युकेरियोट मानिएको थियो । यो एक प्रकारको कोसिका हो जसबाट जनावर बिरुवाहरु बन्ने गर्छ । तर जब यसलाई माइक्रोस्कोपमार्फत् हेरियो तब यसमा युकेरियोटिक कोसिकाजस्तो केही पनि थिएन, स्पष्ट रुपमा न्युक्लियस र माइटोकोन्ड्रिया देखिएको थियो । थप अनुसन्धानपछि यो एक जिवाणु अर्थात् ब्याक्टेरिया भएको पत्ता लाग्यो ।
अधिकांस ब्याक्टेरियल सेल निकै सुक्ष्म हुन्छन् अर्थात् यसको लम्बाई करिब दुई माइक्रोमिटर हुन्छ । केही ठूला ब्याक्टेरिया सय माइक्रोमिटरका हुनसक्छन् । तर यो नयाँ प्रजातिको ब्याक्टेरियाको लम्बाई २०,००० माइक्रोमिटर छ अर्थात् दुई सेन्टिमिटर लामो ।
यो ब्याक्टेरिया नङजस्तै दह्रो पनि छ । यसले सामान्य तरिकाले प्रजनन गर्दछ । फिलामेन्ट खुम्चिन्छ र डिएनएयुक्त बड बन्नका लागि अलग हुने गर्छ । यो बड पछि अलग हुने गर्छ ।
Compared to other bacteria, it would be like a human meeting a human the size of Mount Everest.https://t.co/eUbItFT8Yl
— IFLScience (@IFLScience) June 23, 2022
यो ठूलो भइकन पनि यसबाट मानिसलाई कुनै खतरा नहुने वैज्ञानिकले बताएका छन् । वैज्ञानिकले टी. म्याग्निफा ब्याक्टेरियाको जिनोमिक स्ट्रक्चरबारे पनि जानकारी प्राप्त गरे । डिएनए विश्लेषणमार्फत् यसमा धेरैजसो ब्याक्टेरियाको तुलनामा तीन गुणा बढी जिन भएको पत्ता लागेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति शवदाह गृह मेसिन खरिद भ्रष्टाचार मुद्दा १३ औँ पटक पेसीमा
-
चिया उद्योग बन्द भएको विषय संसदमा उठ्यो
-
नवनिर्वाचित अध्यक्ष डाँगीद्वारा मार्गचित्र सार्वजनिक : ‘इप्पान भिजन २०२९’ र डिजिटल प्रणाली मुख्य प्राथमिकता
-
सुस्तामा भारतीय एसएसबीको हस्तक्षेपबारे राप्रपाको प्रश्न– सरकार कहाँ छ ?
-
सम्पत्ति शुद्धीकरण मुद्दा : व्यवसायी दीपक भट्ट र सुलभ अग्रवालको बयान जारी
-
ऊर्जा क्षेत्रका जल्दाबल्दा एजेण्डा सरकारको नीतिमा समेट्न सफल : निवर्तमान अध्यक्ष कार्की
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण