तेल किनेको पैसा तिर्न टेकुको जग्गा धितो राख्दै नेपाल आयल निगम
भारतबाट महँगोमा तेल किनेर नेपालमा सस्तोमा बेचिरहेको नेपाल आयल निगम निरन्तर घाटामा गएको छ । घाटाकै कारण निगमले केन्द्रीय कार्यालय रहेको टेकुको ४० रोपनीभन्दा धेरै जग्गा धितोमा राख्ने भएको छ । खासगरी, अर्थ मन्त्रालयले निगमलाई सोधभर्ना गर्नुपर्ने ३ अर्ब रुपैयाँका लागि निगमले आफ्नो केन्द्रीय कार्यालय रहेको जग्गा बैंकमा धितो राख्न लागेको हो ।
अर्थ मन्त्रालयले आज निगमलाई पत्र लेख्दै जग्गा धितो राखेर आफूले दिनुपर्ने रकम सोधभर्ना गर्न भनेको छ । यससँगै निगमले तेल किनेबापत भारतीय आयल निगमलाई तिर्नुपर्ने अर्बौ रुपैयाँ भुक्तानी गर्न आफ्नो केन्द्रीय कार्यालय रहेको जग्गा नै धितोमा राख्न लागेको हो ।
खासगरी, यतिबेला एक लिटर पेट्रोलको लागत मूल्य २१२ रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर २०५ रुपैयाँ छ । यसमध्ये, निगमले शनिबारसम्म १९९ रुपैयाँमा पेट्रोल र १९३ रुपैयाँ प्रतिलिटरमा डिजेल बिक्री गर्दै आइरहेको थियो । यसो गर्दा निगमले मासिक ४ अर्ब ७० करोड रुपैयाँ घाटा ब्यहोर्‍यो । जबकी, डिजेल र मट्टितेलमा २९ रुपैयाँ र पेट्रोलमा २० रुपैयाँ कर समायोजन गरेपछि निगमलाई मासिक ५ अर्ब घाटा थपिएको छ ।
‘यी दुई वटा घाटा जोड्दा निगमले मासिक ९ अर्ब ६७ करोड घाटा व्यहोर्ने भएको छ,’ स्रोत भन्छ, ‘यस्तै, भारतबाट समेत नयाँ मूल्यसूची बढेर आउने देखिएको छ । त्यसपछि झनै घाटा बढ्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सचिव कृष्णहरि पुष्कर प्रकरणमा प्रधानमन्त्रीको कटाक्ष: ‘मलाई पनि एम्बासडर बन्न मन छ’
-
सिराहा मोबाइल नष्ट प्रकरण: संयुक्त विद्यार्थी सङ्गठनद्वारा आन्दोलन घोषणा
-
शिक्षा मन्त्रीको राजीनामा माग्दै दिल्लीमा ‘कक्रोच जनता पार्टी’को ५ घण्टे प्रदर्शन
-
सेमिफाइनल खेल्ने क्रममा घाइते भएकी विमलाको सफल शल्यक्रिया
-
द्विपक्षीय भेटवार्ता : भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण
-
भारतीय क्रिकेटमा नयाँ इतिहास: १५ वर्षे वैभवले तोडे सचिनको कीर्तिमान, श्रेयस बने नयाँ टी-ट्वान्टी कप्तान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण