पोखरामा आज रोपाइँ महोत्सव हुँदै, ५ सयभन्दा बढी विदेशी सहभागी हुने
राष्ट्रिय धान दिवस । पोखरामा पर्यटन व्यवसायीहरुले धान दिवस भव्यताका साथ मनाउँदै छन् । पोखरा पर्यटन परिषद्को आयोजनामा पोखरा २५ हेमजास्थित टमाइफाँटमा रहेको १० रोपनी क्षेत्रफलमा रोपाइँ महोत्सव हुन लागेको हो । कोरोना संक्रमणका कारण २ वर्ष रोकिएको १७ औं संस्करणको महोत्सव यो वर्ष आयोजना हुँदैछ ।
सबै याममा पर्यटक बोलाउन परिषदले महोत्सव गरेको हो । आन्तरिक तथा वाह्य पर्यटक प्रवर्द्धन गर्दै परम्परागत नेपाली संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपी भट्टराईले जानकारी दिए ।
‘पोखराको पर्यटनमा सिजन र अफसिजन थियो । व्यवसायीहरुले नै विभिन्न इभेण्ट आयोजना गरेर हर मौसम घुम्न योग्य बनाएका छौं,’ उनले भने, ‘रोपाइँ महोत्सवको महत्व पोखरामा झन् बढी छ । यहाँ विदेशी पर्यटकहरु नै सहभागी हुन्छन् ।’ रोपाईं महोत्सवबारे अध्ययन समेत सुरु भैसकेको छ । हरेक वर्ष विदेशी विद्यार्थीहरुले नेपालको रोपाइँ सँस्कारबारे अध्ययन गर्न १५ असारका दिन पोखरा आउने गरेका छन् ।
खेतीयोग्य जमिनको संरक्षण, कृषिलाई व्यावसायीकरण गर्दै कृषकलाई आफ्नो पेशाप्रति अभिप्रेरित गर्न महोत्सवबाट टेवा पुग्ने विश्वास लिइएको छ । महोत्सवमा साउने प्रतियोगिता, हल गोरुको दौड, हिलोमा माछा समात्ने प्रतियोगिता, दौड, असारे गीत तथा रोपाइँ प्रतियोगिता, नेपाली र विदेशीलाई हिलोमा दौड प्रतियोगिता, उत्कृष्ट कृषक सम्मान लगायतका कार्यक्रम हुनेछन् । प्रतियोगितामा पहिलो हुनेले ७ हजार र दोश्रो हुनेले ५ हजार पुरस्कार पाउनेछन् । पाँच सय विदेशीसहित करिब १० हजार जना सहभागी हुने आयोजकको अनुमान छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण