माओवादी धाराहरु एकीकृत हुन आवश्यक छ : प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीका सबै धारा एकीकृत हुन आवश्यक रहेको बताएका छन् । बुधबार पेरिस डाँडास्थित पार्टी मुख्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले विगतमा केही साथीहरु ‘क्रान्तिका लागि’ भन्दै माओवादीको मुल धारबाट बाहिरिएको र अहिले तिनैमध्ये कतिपय साथीहरु फर्किन थालेको बताए ।
‘क्रान्तिको खोजीमा, परिवर्तन र रुपान्तरणका निम्ति भन्दै उहाँहरु मुल नेतृत्वबाट अलग्गिनुभएको थियो । तीतामीठा अनुभवसहित फेरि एउटा नयाँ निष्कर्षसहित फर्किनुभयो,’ उनले विगतमा माओवादीबाट अलग्गिएका तर फेरि पार्टीमा फर्किएका नेताहरूप्रति लक्षित गर्दै भने ।
उनले देशको राष्ट्रिय स्वाधिनताका लागि, जनयुद्ध र जनआन्दोलनको बलमा हासिल उपलब्धिको रक्षा गर्न र वैज्ञानिक समाजवादको यात्रातिर देशलाई डोर्याउन माओवादी धाराहरु सबै एकीकृत र केन्द्रीकृत हुन जरुरी रहेको प्रस्ट पारे ।
कसैले कसैप्रति दुराग्रह र पूर्वाग्रह होइन, राष्ट्रिय आवश्यकतालाई आत्मसात गरेर अघि बढ्नुपर्नेमा उनको जोड थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विराटनगरस्थित भाट–भटेनी सुपर स्टोर भोलिबाट पुनः सञ्चालनमा आउने
-
माङसेबुङमा सिँचाइ कुलो निर्माण भएपछि किसान हर्षित
-
कांग्रेस अन्तरविरोध : दुवै पक्षका अडान पार्टी जुटाउन कि फुटाउनतिर ?
-
कर्मचारीको अनुशासन र आचरण सुधार्न सुरु गरियो ‘डिजिटल’ निगरानी
-
चार सातादेखि मधेसको बजेट अल्झियो, प्रतिपक्षीको अवरोधले ठप्प प्रदेश सभा
-
गणेश नेपालीको अवस्थाबारे जानकारी दिन पत्रकार सम्मेलन गर्दै वीर अस्पताल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण