मन्त्री यादवले मेसिनबाट रोपे धान
बुधबार, १५ असार २०७९, १२ : २०
कृषि तथा पशुपंक्षी विकास मन्त्री महिन्द्र राय यादवले मेसिन चलाएर धान रोपेका छन् ।
राष्ट्रिय धान दिवसको अवसरमा बुधबार राष्ट्रिय बाली विज्ञान अनुसन्धान केन्द्र खुमलटार फार्म परिसरमा आयोजित १९ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०७९ कार्यक्रममा मन्त्री यादवले मेसिन चलाएर धान रोपेका हुन् ।
सो क्रममा मन्त्रालय, अनुसन्धान केन्द्रका सहित पदाधिकारीहरू सहभागी थिए । १५ असारमा राष्ट्रिय धान दिवस मनाउने गरिएको छ । कृषि क्षेत्रलाई आधुनिकीकरण बनाउनुपर्ने जोड दिँदै आएका बेला मन्त्री यादवले मेसिनबाट धान रोपेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले दिएन ‘धन्यवाद ज्ञापन’ गर्न, राष्ट्रियसभा बैठक अवरुद्ध
-
सोडारीलाई विश्वासको मत दिन एमाले केन्द्रको निर्देशन
-
कांग्रेसले बजेट ल्याउन नदिए संविधान अनुसार सरकार अघि बढ्छ : ठाकुर गैह्रे
-
सङ्घीयतालाई थप बलियो बनाउने गरी योजनाहरू कार्यान्वयनमा ल्याइने
-
कार्यकर्तामुखी बजेट ल्याउने पूर्वअभ्यास गरियो : महत
-
काठमाडौँ महानगरले फल्चा शैलीमा निर्माण गरेको बस बिसौनी सञ्चालनमा (तस्बिरहरू)