त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बीमासम्बन्धी समस्या समाधान, कार्यक्रम निरन्तर
बुधबार, १५ असार २०७९, १५ : ५१
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) ले स्वास्थ्य बीमा कार्यक्रमलाई पुनः निरन्तरता दिने भएको छ । असार १५ गते अर्थात आजदेखि स्वास्थ्य बीमा कार्यक्रमलाई निरन्तरता दिइने भएको हो । यसअघि त्रिवि शिक्षण अस्पतालले सूचना जारी गर्दै स्वास्थ्य बिमा कार्यक्रम बन्द गर्ने जानकारी दिएको थियो ।
अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीले स्वास्थ्य बीमा बोर्डले अस्पताललाई पत्राचार गर्दै बीमा सम्बन्धी समस्यालाई सम्बोधन गर्न बीमा बोर्डले प्रक्रिया अगाडि बढाएको जानकारी दिएकाले बीमा कार्यक्रम सुचारु गरिएको बताए । बोर्डले बीमा रकम सोधभर्ना पठाउने भनेर पत्राचार गरेपछि सबै कार्य पूर्ववत् गरिएको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्रीहरूको मनपरीतन्त्रले विवादको भुमरीमा कर्णालीको बजेट !
-
को होला उत्कृष्ट गायिका ?
-
निर्मला पन्तको हत्याबारे एसएसपी नेतृत्वको समितिले अनुसन्धान गर्दै
-
पहिलो हाफमा इंग्ल्याण्डविरुद्ध कंगोको १–० को अग्रता
-
चितवनमा विद्युत् आपूर्ति अनियन्त्रित हुँदा सेवा प्रभावित
-
पौडी खेल्ने क्रममा डुबेर बालिकाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण