लमजुङको खानेपानीमा ७६ प्रतिशत इकोली ब्याक्टेरिया भेटियो
स्वास्थ्य कार्यालय लमजुङले विभिन्न समयमा १२० वटाको नमुना परीक्षणमा ९१ वटामा इकोली भेटिएको पाइएको हो । जिल्लाका आठ स्थानीय तहमध्ये ७ स्थानीय तहमा गरिएको परीक्षणमा ७६ प्रतिशत नमुनामा इकोली भेटिएको स्वास्थ्य कार्यालय लमजुङका प्रमुख अमर दवाडीले बताए । पानीमा दिसाजन्य पदार्थ मिश्रण हुनुलाई इकोली भनिने उनले बताए ।
परीक्षणमा जिल्लाका अधिकांश स्थानको पानी मानिसको स्वास्थ्यमा प्रतिकूल असर पार्ने खालको रहेको पाइएको हो । प्रमुख दवाडीका अनुसार मध्यनेपाल नगरपालिकामा खानेपानीको २२ नमुनामा परीक्षण गर्दा २० वटामा इकोली भेटिएको छ । सुन्दरबजार नगरपालिकामा ३९ वटा नमुना परीक्षण गर्दा २७ वटामा , राइनास नगरपालिकामा आठ नमुना परीक्षण गर्दा ६ वटामा , बेँसीशहर नगरपालिकामा २९ नमुना परीक्षण गर्दा २२ वटामा इकोली भेटिएको छ ।
यस्तै दोर्दी गाउँपालिकामा पाँच नमुना परीक्षण गर्दा चार वटामा, मस्याङ्दी गाउँपालिकामा परीक्षण गरिएको दुई वटै नमुनामा शतप्रतिशत इकोली भेटिएको छ । यस्तै क्वहोंलासोँथर गाउँपालिकामा १४ नमुना परीक्षण गर्दा १० वटामा इकोली भेटिएको छ । बर्खाको समयमा किटजन्य तथा पानीजन्य सङ्क्रमणको जोखिम रहने भएकाले स्वास्थ्य सावधानी अपनाउनुका साथै पानी शुद्धीकरण गरी पिउन स्वास्थ्य कार्यालय लमजुङले आग्रह गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसभित्र ध्रुवीकरण तीव्र : भेटिएला मिलन बिन्दु ?
-
प्रदेश सरकारबारे कांग्रेसले सबै दलसँग वार्ता गर्ने
-
अख्तियारको वार्षिक समीक्षा : ९९० जनाविरूद्ध मुद्दा, २५ अर्ब ३१ करोड बिगो माग दाबी
-
विद्यार्थीको प्रश्न– कानुन बनाउने सांसद नै किन कुर्सी फुटाउँछन् ?
-
तीज गीत : कुनै नयाँ कुनै ‘रिमिक्स’
-
फ्रान्समा डढेलोले ४० हजार विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण