गोधूलि साँझमा रङ्गिन राजधानी, तस्बिरहरु
राजधानीवासीले साँझपख कौसीमा टहलिने मात्र हो भने पनि गोधूलि साँझको भरपुर मज्जा लिन सक्छन् । गोधूलि साँझमा रमाउँदाको मज्जा नै बेग्लै हुन्छ । यो बेला केही समय निकालेर टहलिने हो भने छुट्टै आनन्द हुन्छ । जब दिन ढल्दै जान्छ, राजधानीको आकाश पनि रङ्गिन बन्छ । नीलो आकाशमा रातो अनि पहेलो रङ्ग भरिन्छ । चराचुरुङ्गीका मधुर आवाज पनि कहीँ कतै सुन्न सकिन्छ, सडक छेउका बस्ती बाहेक ।
आजभोलि सूर्यास्तसँगै राजधानीका गोधूलि साँझहरू रङ्गिन छन् । सूर्योदय र सूर्यास्त हेर्न नगरकोट र सराङकोट धाउने राजधानीवासीले फुर्सद निकालेर कौसीमा बस्ने मौका निकाल्न हो भने भरपुर आनन्द लिन सकिन्छ । हल्का बादल भएको बखत दक्षिणी क्षितिज पहेँलो अनि रातो हुन्छ । बादल फाटेको साँझ सूर्यास्त हेर्न रमाइलो हुन्छ । पछिल्लो समय निरन्तरको झरिका कारण प्रदूषण हटेको छ । सहरका अग्ला भूभाग भक्तपुर,कपनजस्ता ठाउँबाट साँझको सूर्यास्त हेर्न लालायित बन्छन् हरेक नयनहरू । दिउँसोको उज्यालो त सबैले हेर्छन् तर साँझको गोधूलि उज्यालोमा पनि काठमाडौँ उपत्यका त्यत्तिकै सुन्दर देखिन्छ ।










तस्बिरहरु : न्युज एजेन्सी नेपाल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युवतीलाई अश्लील हर्कत गर्ने अधिकृतले दिए इन्कारी बयान
-
गणेश कार्कीको प्रश्न– सदनमा अर्को गणेश नेपाली बन्नबाट रोक्ने छलफल खोइ ?
-
शृङ्खलाबद्ध जनविरोधी कामले बालेन सरकार नाङ्गिँदै छ : नेकपा एमाले
-
जर्मनीमा गर्मीका कारण ५ हजारभन्दा बढीको मृत्यु
-
ऐन महरले संसद्मै लगाए ‘मुर्दावाद’ को नारा
-
खाद्य व्यवस्था तथा व्यापार कम्पनीको सीईओका लागि १६ जनाको आवेदन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण