बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

केएमसीको क्यान्टिनमा कर्मचारीको मृत्यु : परिवार सहमत नहुँदा उठेन शव

आइतबार, १९ असार २०७९, ०९ : ५७
आइतबार, १९ असार २०७९

बुद्दनगर स्थित केएमसी स्कुलमा मृत फेला परेकी रमा रायमाझीको शव उठ्न सकेको छैन । आफन्तले हत्या भएको आशङ्का गर्दै स्कुलमा धर्ना दिएका छन् । केएमसी स्कुलको होस्टल क्यान्टिनमा कार्यरत २१ वर्षीया रमा शनिवार राति स्कुलमा झुन्डिएको अवस्थामा मृत फेला थिइन् ।

घटनास्थलमा जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनाली र फरेन्सिक चिकित्सक गोपाल चौधरी सहितको टिम राति नै पुगेका थिए । तर, उनको शव घटनास्थलबाट निकालिएको छैन ।  

रमा समयमा घर नआएपछि उनकी बहिनी गोमा स्कुलमा गएकी थिइन् । गोमाले नै दिदि झुन्डेको देखेको बताइएको छ । स्कुल परिसरमा भेटिएका मृतकको दाइ नाता पर्ने निर्मल रायमाझीले हत्या आशङ्का गर्दै घटनाको अनुसन्धान र छानबिन गर्न माग गरेका छन् ।

मृतकका बुबा आमा काभ्रेबाट काठमाडौं आएका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले रातोपाटीलाई बताए ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप