सरकारले उठायो २ खर्ब ३१ अर्ब आन्तरिक ऋण
चालु आर्थिक वर्षको चौथो त्रैमाससम्ममा सरकारले २ खर्ब ३१ अर्ब रुपैयाँ बढी आन्तरिक ऋण उठाएको छ । आर्थिक वर्षको असार अन्तसम्ममा सरकारले केन्द्रीय बैंकमार्फत विभिन्न बिल–बिजक, ऋणपत्र तथा बचतपत्र गरी कुल २ खर्ब ३१ अर्ब ३० करोड ३० लाख रुपैयाँ ऋण उठाएको हो ।
सो अवधिमा विभिन्न समयका ट्रेजरी बिलमार्फत १ खर्ब ३९ अर्ब ९१ करोड ६६ लाख रुपैयाँ उठाएकोमा विकास ऋणपत्रमार्फत १ खर्ब २४ अर्ब ५० करोड रुपैयाँ, नागरिक बचतपत्रमार्फत २ अर्ब ८२ करोड ९८ लाख रुपैयाँ र वैदेशिक रोजगार बचतपत्रमार्फत ५ करोड ६७ लाख रुपैयाँ ऋण स्वरूप उठाइएको नेपाल राष्ट्र बैंकले जनाएको छ । यद्यपि, छोटा अवधिका २८ दिने, ९१ दिने र १८२ दिने ट्रेजरी बिलको चालु आर्थिक वर्ष भित्र नै भुक्तानी हुने भए पनि एक वर्षमाथिका ऋणहरू भने जारी रहनेछन् ।
बैंकका अनुसार चालु आर्थिक वर्षको दोस्रो त्रैमासदेखि ऋण उठाउन थालिएकोमा यस त्रैमासमा ६ अर्ब रुपैयाँ उठाइएको र तेस्रो र चौथो त्रैमासमा क्रमशः ९९ अर्ब ४६ करोड र १ खर्ब २५ अर्ब ८३ करोड उठाइएको जनाएको छ । यस्तो ऋण दोस्रो तेस्रो र चौथो त्रैमासमा क्रमशः २.६ प्रतिशत, ४३ प्रतिशत र ५४.४०२ प्रतिशत सङ्कलन गरिएको छ ।
सरकारले आवश्यक पर्दा राष्ट्र बैंकमार्फत विभिन्न औजार प्रयोग गरी आन्तरिक ऋण उठाउने गर्छ । सोही विधिमार्फत चालु आर्थिक वर्षमा सरकारले २ खर्ब ३१ अर्ब रुपैयाँ बढी आन्तरिक ऋण उठाएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण