बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

ओमिक्रोन भेरियन्ट बीए फोर र बीए फाइभबारे थाहा पाउनुपर्ने पाँच तथ्य

आइतबार, १९ असार २०७९, २० : ००
आइतबार, १९ असार २०७९

नेपालमा ओमिक्रोन भेरियन्टको नयाँ उपप्रजाति बीए फाइभ  पुष्टि भएको छ । पछिल्लो समय नेपालमा संक्रमितको संख्यामा वृद्धि भइरहेको अवस्थाका बीच यो नयाँ उपप्रजाति बीए फाइभ भेटिएको हो ।

यसअघि दक्षिण अफ्रिकामा ओमिक्रोनको सब भेरियन्ट बीए फोर र बीए फाइभका कारण कोभिड–१९ को नयाँ लहर फैलिएको बताइन्छ । यी दुई कस्ता खालका भेरियन्ट हुन्, यसका लक्षण के हुन् र असर कत्तिको छ भन्ने बारे जानकारी लिऔँ ।

१. यिनीहरु जनवरी महिनादेखि नै फैलिँदै आएका छन्

बीए फोर भेरियन्ट पहिलो पटक १० जनवरी २०२२ मा दक्षिण अफ्रिका लिम्पोपोमा भेटिएको थियो । त्यसपछि यो क्रमशः सबै दक्षिण अफ्रिकी प्रान्तमा फैलिएको थियो । बीए फाइभ पहिलो पटक गत २५ फेब्रुअरीमा दक्षिण अफ्रिकाको क्वाजुलु– नातालमा पुष्टि भएको थियो । यो पनि अन्य प्रान्तमा फैलिएको थियो ।

दक्षिण अफ्रिकाले धेरै देशको तुलनामा सार्स–कोभ–टु नमुनाको आनुवंशिक परीक्षण गर्ने गर्छ । त्यसैले यी भेरियन्ट अन्य देशमा देखा परेको र दक्षिण अफ्रिकाका वैज्ञानिकहरुले यसलाई पहिलो पटक फेला पार्न सफल भएको हुनसक्छ ।

२. यिनीहरु व्यापक रुपमा बढ्दै गएको देखिन्छ

जीआईएसएडको डाटाबेसमा अपलोड भएको आनुवंशिक सिक्वेन्स डाटा तथा डब्ल्यूएचओको क्षेत्रीय कार्यालय र देशको रिपोर्ट अनुसार यी भेरियन्टबारे पत्ता लगाउने देशको संख्या र संक्रमित दुबैमा वृद्धि भइरहेको छ । दक्षिण अफ्रिकामा बीए फोरद्वारा संक्रमितको संख्यामा जनवरी २०२२ देखि अप्रिल २९, २०२२ सम्म १ बाट  ३५ प्रतिशतको वृद्धि भयो । बीए फाइभद्वारा संक्रमितको संख्या अप्रिल अन्तिमसम्म २० प्रतिशतले वृद्धि भएको छ । यो वृद्धिले के देखाउँछ भने ओमिक्रोनको हालको भेरियन्टको तुलनामा यी दुई भेरियन्ट बढी संक्रामक छन् । यसका साथै, भ्याक्सिन र संक्रमणद्वारा प्राप्त प्रतिरोधी क्षमतामा ह्रास आउँदा पनि संक्रमण फैलिएको हुनसक्ने अनुमान गरिएको छ । यसबारे सटिक रुपमा अहिले नै भन्न सकिने स्थिति छैन ।

​पछिल्लो तथ्याङ्क अनुसार दक्षिण अफ्रिकामा यी दुई भेरियन्ट सबैभन्दा बढी फैलिएको छ । यहाँ बीए फोर ६९ प्रतिशत र बीए टु ४५ प्रतिशसम्म फैलिएको थियो । यद्यपि, बीए फोर अन्य देशमासमेत फैलिएको थियो जसमा अस्ट्रियामा (विश्वव्यापी संक्रमणको ७ प्रतिशत), बेलायतमा (विश्वव्यापी संक्रमणको ६ प्रतिशत), अमेरिकामा (विश्वव्यापी संक्रमणको ५ प्रतिशत) र डेनमार्कमा (विश्वव्यापी संक्रमणको ३ प्रतिशत) रहेको छ । यस्तै, बीए फाइभ जर्मनीमा (विश्वव्यापी संक्रमणको २२ प्रतिशत), पोर्चुगलमा (विश्वव्यापी संक्रमणमा १३ प्रतिशत), बेलायतमा (विश्वव्यापी संक्रमणको ९ प्रतिशत) र अमेरिकामा (विश्वव्यापी संक्रमणको ३ प्रतिशतमा) देखियो थियो ।

३. यिनिहरुमा अतिरिक्त उत्परिवर्तनका सम्भावना छन्ः

सार्स–कोभ–टु विकसित हुँदै गर्दा नयाँ उत्परिवर्तन हुन्छन् । यदि यिनीहरुले रोगको गम्भीरता बढाउँछ, खोप वा अघिल्लो संक्रमणपश्चात् पाइएको प्रतिरोधात्मक क्षमतालाई प्रभावित गर्छ वा उपचारलाई कम प्रभावकारी बनाउँछ र रोगको फैलावटलाई नियन्त्रण गर्न गाह्रो बनाउँछ भने मात्रै यसलाई ‘भेरियन्ट अफ कन्सर्न’ को श्रेणीमा राखिन्छ ।

ओमिक्रोन भेरियन्टका थुप्रै गुणहरु यसका उपप्रजातिमा पनि पाइने गरेको छ । तर नयाँ भेरियन्ट  बीए टु भेरियन्टसँग मिल्दोजुल्दो छ । यिनीहरुमा अतिरिक्त उत्परिवर्तन हुने सम्भावना पनि छ । जसमध्ये केहीले आफ्नो विशेषता पनि परिवर्तन गर्न सक्छन् । दुई उप प्रजातिहरुबारे एकै पटक कुरा गरिन्छ किनभने यसका स्पाइक प्रोटिन जिनमा उत्परिवर्तन समान हुन्छन् । यद्यपि, यिनिहरु अन्य स्थानमा फेला परेका उत्परिवर्तनभन्दा भिन्न हुन्छन् । स्पाइक प्रोटिन महत्वपूर्ण छ किनभने यसलाई भाइरसले मानव कोसिकालाई संक्रमित गर्न प्रयोग गर्दछ, त्यसमार्फत् नै भाइरस कति सजिलै सर्छ भन्ने निर्धारण हुन्छ । यो धेरैजसो कोभिड–१९ खोपहरुमा प्रयोग हुने भाइरसको अंश पनि हो ।

४. यो गम्भीर छ भनेर बताउने कुनै प्रमाण छैन

हालसम्म बीए फोर र बीए फाइभ नयाँ लक्षण वा गम्भीर रोगसँग सम्बन्धित छ भन्ने कुराको खासै प्रमाण भेटिएको छैन । धेरैजसो उत्परिवर्तनहरु अन्य ओमिक्रोन भेरियन्टमा पाइने विशेषताहरुसँग मिल्दोजुल्दो छन् । यद्यपि, यसलाई डब्ल्यूएचओ र स्थानीय स्वास्थ्य टोलीले नजिकबाट निगरानी गरिरहेका छन् ।

५. यसले पहिलेको ओमिक्रोन संक्रमणबाट प्राप्त एन्टीबडीलाई झुक्याउन सक्छ

हालसम्म बीए फोर र बीए फाइभबारे केही मुठ्ठीभर वैज्ञानिक अध्ययन मात्र प्रकाशित छन् । तीमध्ये कसैले पनि अन्य वैज्ञानिकले समीक्षा गरेका छैनन् । अर्थात्, यसबारे सिमित ज्ञान मात्रै छन् । यद्यपि, यीमध्ये एउटा अध्ययनमा, दक्षिण अफ्रिकाको डर्बनमा रहेको अफ्रिका स्वास्थ्य अनुसन्धान संस्थानका एलेकस सिगलको नेतृत्वमा अनुसन्धानकर्ताले मूल ओमिक्रोन भेरियन्टबाट निको भएका ३९ व्यक्तिको एन्टीबडीले बीए फोर र बीए फाइभ भेरियन्टबाट संक्रमित हुनबाट कसरी रोक्छ भनेर अनुसन्धान गरे ।

अनुसन्धानमा के पत्ता लाग्यो भने ती एन्टीबडी नयाँ सब भेरियन्टविरुद्ध मूल ओमिक्रोन स्ट्रेनको तुलनामा धेरै गुणा कम प्रभावकारी थिए । यद्यपि, कोभिड–१९ विरुद्धको खोप लगाएका १५ व्यक्तिले प्राप्त गरेका एन्टीबडी प्राकृतिक एन्टीबडीभन्दा बढी प्रभावकारी देखियो ।

दक्षिण अफ्रिकाको हालैको डाटाले सन् २०२२ मा मध्य अप्रिलदेखि पिसिआर र एन्टिजेन परीक्षणमा थोरै वृद्धि भएको संकेत गरेको छ । केही चेतावनीका साथै यसले देशमा कोभिड–१९ को पाँचौ लहरको सुरुवातको संकेत दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप