एसपीपीबारे गृह र परराष्ट्रको कुरा बाझियो
गृहमन्त्री बालकृष्ण खाँणले परराष्ट्र मन्त्रालयमार्फत् अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा नेपाल आबद्ध नहुने पत्र पठाइसकेको दाबी गरेको एक सातापछि पनि परराष्ट्र मन्त्रालयले पत्र पठाएको छैन। परराष्ट्र मन्त्रालयले आइतबार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा परराष्ट्र प्रवक्ता सेवा लम्सालले यस्तो जानकारी दिएकी हुन् ।
पत्रकार सम्मेलनमा सोधिएको प्रश्नको जवाफ दिँदै प्रवक्ता लम्सालले भन्नुभयो- एसपीपीको पहिले भएको पत्राचारमा परराष्ट्र मन्त्रालय सहभागी थिएन। अब हामीलाई मन्त्रीपरिषद्को निर्णयअनुसार एउटा म्यानुअल प्राप्त भएको अवस्था छ। सबै कुरा राम्रोसँग अध्ययन गरेर मात्रै पत्राचार गर्नुपर्ने भएकोले अहिले त्यसलाई अध्ययन गर्ने क्रममै छौँ। उपयुक्त समयमा डिप्लोम्याटिक च्यानलबाट मन्त्रिपरिषद्को सो निर्णयलाई कार्यान्वयन गर्नेछौँ। अहिले पत्र गइसकेको अवस्था छैन।' आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरपालिका पूर्ण खोप सुनिश्चित घोषणा
-
सरकारका १०० दिन : भूमि व्यवस्था मन्त्रालयद्वारा ४८ वटा उपलब्धि हासिल
-
राष्ट्रलाई व्यवस्थित र सुरक्षित अभिलेखालय किन चाहिन्छ?
-
फेवातालको बिचमा अलपत्र परेकी युवतीको उद्धार
-
सरकारबारे बजेटपछि छलफल गर्न कांग्रेस महामन्त्री घिमिरेको निर्देशन
-
विश्वकपमा व्यक्तिगत चमक, तर उपाधिबाट वञ्चित महान् खेलाडीहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण