तीन महिनामा अधिक विकास बजेट खर्च
जुम्लामा विकास बजेट तीन महिनामा मात्र अधिक खर्च हुने गरेको छ । बैशाख, जेठ र असार महिनामा मात्र विकास बजेट अधिक खर्च हुने गरेको हो ।
अख्तियारी समयमै नआउनु, दसैं र तिहार चाडपर्व र हिउँदमा विकास निर्माणका काम हुन नसक्नुले बजेट खर्च हुन सक्दैन । प्रदेश लेखा इकाई कार्यालय जुम्लाका प्रमुख लेखा नियन्त्रक धनप्रसाद शर्माले जेठ र असार महिनामा मात्र विकास बजेटको खर्च हुने गरेको बताए ।
उनका अनुसार असार १९ गते सम्म ९३ करोड ५० लाख ४ हजार ३ सय ८२ रुपैयाँ मात्र खर्च भएको छ । कर्णाली प्रदेश सरकारले जुम्लामा २ अर्ब ३४ करोड २ लाख ३ हजार रुपैयाँ पठाएको थियो । हाल सम्म ३९.९५ प्रतिशत मात्र बजेट खर्च भएको हो ।
सरकार परिवर्तन,मन्त्रिमण्डल हेरफेर, कर्मचारीको सरुवा बढुवाका कारण पनि बजेट खर्च हुन नसकेको विज्ञहरु बताउँछन् । फागुन चैत महिनामा उपभोक्ता समिति गठन, योजना सम्झौता, बोलपत्र आव्हान लगायतका काम गरिन्छ । बैशाख महिना देखि मात्र विकास निर्माणका काम सुरु हुन्छन ।
लेखा नियन्त्रक शर्माले तीन महिनामा २७.१५ प्रतिशत रकम भएको जनाए । यो वर्ष ७० प्रतिशत रकम खर्च गर्ने लक्ष्य रहेको छ । गत वर्ष २ अर्ब ३० करोड रकम आएकोमा १ अर्ब ७९ करोड रकम खर्च भएको थियो । लेखा नियन्त्रक शर्माले यो बर्ष असार १२ गते एकै दिन ५ करोड ४३ लाख रुपैयाँ खर्च भएको बताए ।
असार १९ गतेसम्म ३ करोड ७७ लाख ४२ हजार रुपैयाँ खर्च भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिमालीबाहेक गण्डकीका सबै जिल्लामा रास्वपाको नयाँ नेतृत्व
-
‘बर्डफ्लु’ नियन्त्रणका लागि ‘द्रुत कार्य टोली’ परिचालन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
उच्च शिक्षादेखि आयोगका परीक्षामा मोबाइल तथा इलेक्ट्रोनिक डिभाइस लगेमा के हुन्छ ?
-
रास्वपा बागमती अधिवेशन आजबाट, सभापति लामिछाने सहभागी नहुने
-
तीन सांसदको गठबन्धनलाई तोड्दै पर्सामा रास्वपा संस्थापन पक्षका सांसद पन्तको प्यानल विजयी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण