स्ट्रबेरी फ्लेभरको सडक विस्तार
नेपालमा आर्थिक वर्ष सकिनै लागेको अवस्थामा असारे विकासको काम धमाधम भइरहेको छ । यहाँ सडक निर्माणको काम पनि व्यापक भइरहेको छ । सडक निर्माणको कुरा गरिरहँदा यहाँ रसियामा विस्तार भइरहेको सडकको कुरा गरौँ ।
अडिटी सेन्ट्रल अनुसार रसियाको लेनिनगार्ड क्षेत्रको एउटा कम्पनीले परीक्षणको रुपमा सानो क्षेत्रफलमा स्ट्रबेरीको बास्ना आउने सडकको विस्तार गरेको छ । सडकमा आउने दुर्गन्धबाट पार पाउनका लागि यस्तो परीक्षण गरिएको कम्पनीले बताएको छ ।
सडक पिच गर्ने क्रममा अलकत्राको गन्ध कस्तो हुन्छ, त्यो सायद सबैलाई थाहा होला तर यो गन्ध मनपर्ने व्यक्ति निकै कम होलान् । तर अब यो कडा गन्धबाट छिट्टै पार पाइन्छ जस्तो छ । पोल्याण्डको एक कम्पनीले दैनिक ज्यालादारीमा काम गर्नेहरुको अवस्था सुधार गर्नका लागि फूलको बास्ना आउने अलकत्रा बनाएको केही महिनापछि रसियाली कम्पनीले स्ट्रबेरीको बास्ना आउने अलकत्राले सात सय मिटर लामो बाटो बनाएको छ ।
‘कन्ट्र्याक्टर आफैँले यो प्रविधि ल्याएका हुन् । यो उनकै पहलमा भएको हो,’ रसियाको इन्टरफ्याक्ट न्युज एजेन्सीले भनेको छ । ‘धेरैलाई अत्यधिक तातेको अलकत्राको बास्ना मनपर्दैन । त्यसैले उनीहरुले यस्तो गरेका हुन् ।’
जुन ३० मा लेनिनग्राड सेभेलोत्स्क जिल्लामा स्ट्रबेरीको बास्ना आउने सडक विस्तार गरिएका ेहो । स्ट्रबेरीको बास्ना आउने ३०० टन अलकत्रा यो परीक्षणमा मिसाइएको छ ।
यो परीक्षण कति सफल भयो, त्यसबारे भने सटिक जानकारी उपलब्ध छैन । स्ट्रबेरीको बास्ना कति बेरसम्म आयो भन्ने पनि जानकारी छैन तर ठेकेदारले स्ट्रबेरीको बास्ना आउने अलकत्राले गुणस्तरमा केही फरक नपार्ने भन्ने जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति शवदाह गृह मेसिन खरिद भ्रष्टाचार मुद्दा १३ औँ पटक पेसीमा
-
चिया उद्योग बन्द भएको विषय संसदमा उठ्यो
-
नवनिर्वाचित अध्यक्ष डाँगीद्वारा मार्गचित्र सार्वजनिक : ‘इप्पान भिजन २०२९’ र डिजिटल प्रणाली मुख्य प्राथमिकता
-
सुस्तामा भारतीय एसएसबीको हस्तक्षेपबारे राप्रपाको प्रश्न– सरकार कहाँ छ ?
-
सम्पत्ति शुद्धीकरण मुद्दा : व्यवसायी दीपक भट्ट र सुलभ अग्रवालको बयान जारी
-
ऊर्जा क्षेत्रका जल्दाबल्दा एजेण्डा सरकारको नीतिमा समेट्न सफल : निवर्तमान अध्यक्ष कार्की
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण