११ महिनामा देशभर ५४८ जनाको हत्या
पछिल्लो ११ महिनामा देशभर ५ सय ४८ जनाको हत्या भएको छ । २०७८ साउनदेखि २०७९ जेठसम्ममा ७ प्रदेश र उपत्यकामा ५४८ वटा ज्यान सम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
हत्याका घटना प्रदेश १ मा सवैभन्दा धेरै भएको छ । पछिल्लो ११ महिनामा प्रदेश–१ मा ११२ वटा हत्याका घटना भएका छन् । मधेश प्रदेशमा १०४ वटा ज्यान सम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको छ । काठमाडौं उपत्यकामा ४२ जनाको हत्या भएको छ ।
लुम्बिनी प्रदेशमा ९८ वटा हत्याको घटना भएको प्रहरी प्रवक्ता (एसएसपी) विष्णु केसीले रातोपाटीलाई बताए । बागमती प्रदेशमा ६०, गण्डकीमा ४२, कर्णालीमा ३७ र सुदुरपश्चिम प्रदेशमा ५३ जनाको हत्या भएको छ ।
हत्यामा संलग्न आरोपीमध्ये अधिकांश कानुनी दायरमा आएका छन् । थोरै संख्यामा फरार आरोपीको खोजी र अनुसन्धान भइरहेको एसएसपी केसीले बताए ।
सो अवधिमा ९ सय ६२ वटा ज्यान मार्ने उद्योगका घटना भएका छन् । भवितव्यमा परेर ४ हजार १५२ जनाले ज्यान गुमाएका छन् । साउन यता १५ सय २२ वटा फुटकर ज्यान सम्बन्धी घटना भएका छन् । बेवारिसे अवस्थामा भेटिएका र पहिचान नखुलेका घटनालाई प्रहरीले फुटकर ज्यान सम्बन्धी घटना भन्ने गरेको छ । ११ महिनामा प्रहरीले गर्भ संरक्षण विरुद्ध कसुर गर्ने ३३ जनालाई मुद्दा चलाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले रोक्यो नेपाली चियाको निर्यात
-
संक्रमणकालीन न्यायमा राजनीतिक सहमति जुटिसक्यो : मन्त्री गिरी
-
अवैध औषधि बेच्ने दुई मेडिकल बन्द
-
सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ‘एमडी’ तहको पठनपाठन
-
दूधमा बर्ड फ्लुको ‘एचफाइभ एनवान’ सङ्क्रमण भेटियो : डब्लुएचओ