गुजरा नगरपालिकाद्वारा सवा ५७ करोडको बजेट विनियोजन, विपन्नलाई नि:शुल्क बिद्युतको व्यवस्था गरिने
रौतहटको गुजरा नगरपालिकाले आर्थिक बर्ष २०७९ /०८० को लागि सवा ५७ करोडको बजेट बिनियोजन गरेको छ। बिहीबार सिमराभवानीपुर स्थित गुजरा नगरपालिकाको सभाकक्षमा आयोजित सातौं नगरसभामा उपमेयर रत्ना लामाले कुल ५७ करोड २४ लाख, ७९ हजारको बजेट प्रस्तुत गरे ।
नगरसभाले अगामी आर्थिक बर्षमा गुजरा नगरपालिकाले शिक्षा,कृषि,स्वास्थ तथा भौतिक पुर्वाधार लाई बिशेष प्राथमिकतामा राखेको छ। उक्त अवसरमा कार्यक्रमका प्रमुख अतिथि तथा गुजराका मेयर सन्तलाल चौधरीले नगर सभालाई सम्बोधन गर्दै नगरमा बिपन्न परिवार लाई निशुल्क बिद्युत तथा बाख्रापालनलाई बढावा दिने बताएका छन ।
नगरभित्र जीर्ण अवस्थामा रहेका प्रहरी चौकी मर्मत, निःशुल्क स्वास्थ्य बीमा ,चोरी चकारी नियन्त्रण गर्न संवेदनशील ठाउँ ठाउँमा सिसी क्यामेरा जडान गर्ने बताए ।
त्यसैगरी ट्राफिक दुर्घटना न्यूनीकरण गर्न जनचेतना मुलुक कार्यक्रम तथा होर्डिङ बोर्ड जडान गर्ने, नगरभित्रको ५ जना महिला लाई ५० प्रतिशत अनुदानमा अटो रिक्सा परिक्षणको रूपमा उपलब्ध गराउने, कर्मचारी लाई पोशाक लगाउन अनिवार्य गरिने मेयर चौधरीले बताए। नगरसभाको उद्घाटन समारोहमा वडा अध्यक्षहरुले वडाहरूमा विकास निर्माणको लागि बजेटको सिलिङ बढाउन ध्यानाकर्षण गराएका थिए ।
गुजरा नगरपालिकामा आपसी विवादको कारण कार्यपालिका सदस्यको निर्वाचन ढिलो भएकाले नगर सभा पनि ढिलो हुन गएको मेयर सन्तलाल चौधरीले बताएका थिए । गुजरासँगै रौतहट स्थित १८ पालिका मध्ये १६ वटामा नगर सभा सम्पन्न भएको छ। आपसी तालमेल नमिलेको कारण दुर्गा भगवती गाउँपालिकामा र अख्तियारद्वारा मेयर गोपाल प्रसाद यादव निलम्बित भएपछि फतुवा बिजयपुर नगरपालिकामा नगर सभा हुनसकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
-
अमिताभ बच्चनको स्पष्टीकरण, ‘म बिरामी छैन, मेरो पोस्टलाई गलत बुझियो’
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण