आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

आबेको निधनमा नेपालमा आज राष्ट्रिय शोक

शनिबार, २५ असार २०७९, ०६ : ०४
शनिबार, २५ असार २०७९

सरकारले मित्र राष्ट्र जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेको निधनमा शनिबार राष्ट्रिय शोक मनाइँदैछ । आबेको शुक्रबार गोली प्रहार गरी हत्या गरिएको हो। 

शुक्रबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले आबेको सम्मानमा शनिबार राष्ट्रिय शोक मनाउने निर्णय गरेको थियो । सरकारले हत्या निन्दनीय भएको भन्दै भर्त्सना गरेको छ साथै आबेको निधनप्रति गहिरो दुःख प्रकटसमेत गरेको छ। सरकारले जापान सरकार, जापानी जनता र आबेको परिवारप्रति समवेदना व्यक्त गरेको छ। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप