बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

बुढीगंगा नगरपालिकाको मतगणना : अग्रता बढाउँदै एमाले

शनिबार, २५ असार २०७९, ०६ : २७
शनिबार, २५ असार २०७९

बाजुराको बुढीगंगा नगरपालिकामा मतगणना जारी रहेको छ। पछिल्लो मत परिणामअनुसार २ हजार ३४० मत गणना हुँदासम्म मेयर र उपमेयरमा एमालेले अग्रता बढाउँदै लगेको छ ।

हालसम्म नेकपा एमालेका मेयर पदका उम्मेदवार रामबहादुर बानियाँले  ४३९ मतले अग्रता लिएका छन् ।  नेपाली कांग्रेसका रंगबहादुर खातीले पछ्याइरहेका छन् ।

एमालेका उम्मेदवारले मेयरमा १ हजार ३२५ र उपमेयरमा १ हजार २९० मत पाएका छन् भने कांग्रेसका उम्मेदवारले मेयरमा ८८६ र उपमेयरमा ९१९ मत पाएका छन् ।

एमालेले १ र १० नम्बर वडामा वडाध्यक्ष समेत जितिसकेको छ । यहाँ असार २३ गते स्थानीय तहको पुनः निर्वाचन भएको थियो ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप