जुम्लाका चौध जना कृषकलाई मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कार
जुम्लाका चौध जना किसानले मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कार पाएका छन् । कृषि विकास कार्यालय जुम्ला र पशु अस्पताल तथा पशु सेवा कार्यालय ,जुम्लाको मूल्यांकनका आधारमा किसानलाई उत्कृष्ट पुरस्कार प्रदान गरेको हो।
कृषि तर्फ सात र पशु तर्फ सात जनालाई जिल्ला समन्वय समितिका प्रमुख गौरिनन्द आचार्यले पुरस्कार प्रदान गरेका हुन्। जुम्लाका ८ वटै स्थानीय तहका कृषकहरू पुरस्कृत भएका हुन्। उनीहरुलाई नगद १० हजार रुपैयाँ र प्रमाणपत्र उपलब्ध गरिएको कृषि विकास कार्यालय जुम्लाले जनाएको छ।
कृषकको हरेक व्यवसायको मुल्यांकन गरेर पुरस्कारका लागि छनौट गरिएको थियो । पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लाका प्रमुख गोविन्द बहादुर महतले स्थलगत अनुगमनका आधारमा निष्पक्ष रुपमा वास्तविक व्यवसायीक कृषकलाई पुरस्कृत गरिएको बताए ।
महतले मुख्यमन्त्री उत्कृष्ट पुरस्कारले आगामी दिनमा कृषि उत्पादन गर्न किसानलाई प्रेरणा दिएको बताए। उनले कृषि क्षेत्रमा दिइने अनुदानका कार्यक्रम पनि एक प्रकारले पुरस्कार जस्तै भएको बताए।
कृषि विकास कार्यालय जुम्लाका प्रमुख गणेश अधिकारीले कृषकलाई उत्साहित गर्न यस कार्यक्रम लागु भएको बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण