शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बुढीगंगा नगरपालिकाको मतगणना : मतान्तर बढाउँदै एमाले

शनिबार, २५ असार २०७९, ०७ : ५७
शनिबार, २५ असार २०७९

बाजुराको बुढीगंगा नगरपालिकामा मतगणना जारी रहेको छ। पछिल्लो मत परिणामअनुसार २ हजार ९३७ मत गणना हुँदासम्म मेयर र उपमेयरमा एमालेले अग्रता बढाउँदै लगेको छ ।

हालसम्म नेकपा एमालेका मेयर पदका उम्मेदवार रामबहादुर बानियाँले ७ सय मतले अग्रता लिएका छन् ।  नेपाली कांग्रेसका रंगबहादुर खातीले पछ्याइरहेका छन् ।


एमालेका उम्मेदवारले मेयरमा १ हजार ७३२ र उपमेयरमा १ हजार ६८७ मत पाएका छन् भने कांग्रेसका उम्मेदवारले मेयरमा १ हजार ३० र उपमेयरमा १ हजार ६७ मत पाएका छन् ।

एमालेले १ र १० नम्बर वडामा वडाध्यक्ष समेत जितिसकेको छ । अहिले २ र ९ नम्बर वडाको मतगणना भइरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप