वर्षाले लमजुङका अधिकांश ग्रामीण सडक अवरुद्ध
करोडौं रुपैयाँ खर्चेर निर्माण गरिएका लमजुङका अधिकांश ग्रामीण सडक वर्षाले अवरुद्ध भएका छन् । केही दिनयताको वर्षा र त्यसपछि आएको खहरेले यहाँका सडक नै बगाएपछि यातायातका साधान चल्न छाडेका हुन् ।
सडक अवरुद्ध भएसँगै सदरमुकाम र गाउँबीचको सम्पर्क टुटेको छ भने यस्ता सडकमा सवारीसाधन नचलाउन यातायात व्यवसायीले सूचना जारी गरेका छन् । व्यवसायीहरूले ग्राभेल गरेका सडकमा मात्रै यातायातका साधान सञ्चालन गर्न निर्देशन दिएका छन् ।
सदरमुकाम बेँसीशहरबाट पूर्वी क्षेत्रको तार्कुघाट, पश्चिम लमजुङको दुराडाँडा, कोइरालाफाँट, उत्तरी लमजुङको खुदी, भुलभुलेसम्म यातायात सेवा सञ्चालनमा रहे पनि अन्य सडकमा यातायात सेवा ठप्प जस्तै भएको लमजुङ कालीका यातायातका काउन्टर प्रमुख खुसीराम बरालले बताए ।
उनले भने, ‘केही ग्रामीण क्षेत्रमा सञ्चालन भएका सवारीसाधन पनि सडक भत्किएका कारण गन्तव्य पुग्न कठिन छ ।’ यातायात समितिले कुनै पनि अप्रिय घटना हुन नदिन र सडकको अवस्थालाई ध्यान दिँदै फलेनी, ढोडेनी, पाचोक, नौथर, भलायखर्क, भोर्लेटार, गिलुङ, सालमेभञ्ज्याङ, भोजे, जिता, घेर्मु, स्यांगे, च्याम्चे, गाँउसहर, जगतलगायत स्थानहरूमा यातायात सेवा बन्द गरेको लमजुङ कालिका यातायातका काउन्टर प्रमुख बरालले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनिल पौडेलसहित ५ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर
-
सुकुमबासी मुद्दामा संसद्मा सार्वजनिक महत्वको प्रस्ताव ल्याउन कांग्रेसको आग्रह
-
टोपबहादुर–बालकृष्णसहित १५ जनालाई कैद सजाय
-
बालकृष्ण खाणलाई २ वर्ष कैद र २० हजार जरिवाना
-
टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिवाना
-
नक्कली भुटानी शरणार्थी प्रकरण : कसुरदारहरूलाई सजाय ताेकियाे, कसलाई कति सजाय ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण