वर्षाले लमजुङका अधिकांश ग्रामीण सडक अवरुद्ध

करोडौं रुपैयाँ खर्चेर निर्माण गरिएका लमजुङका अधिकांश ग्रामीण सडक वर्षाले अवरुद्ध भएका छन् । केही दिनयताको वर्षा र त्यसपछि आएको खहरेले यहाँका सडक नै बगाएपछि यातायातका साधान चल्न छाडेका हुन् ।
सडक अवरुद्ध भएसँगै सदरमुकाम र गाउँबीचको सम्पर्क टुटेको छ भने यस्ता सडकमा सवारीसाधन नचलाउन यातायात व्यवसायीले सूचना जारी गरेका छन् । व्यवसायीहरूले ग्राभेल गरेका सडकमा मात्रै यातायातका साधान सञ्चालन गर्न निर्देशन दिएका छन् ।
सदरमुकाम बेँसीशहरबाट पूर्वी क्षेत्रको तार्कुघाट, पश्चिम लमजुङको दुराडाँडा, कोइरालाफाँट, उत्तरी लमजुङको खुदी, भुलभुलेसम्म यातायात सेवा सञ्चालनमा रहे पनि अन्य सडकमा यातायात सेवा ठप्प जस्तै भएको लमजुङ कालीका यातायातका काउन्टर प्रमुख खुसीराम बरालले बताए ।
उनले भने, ‘केही ग्रामीण क्षेत्रमा सञ्चालन भएका सवारीसाधन पनि सडक भत्किएका कारण गन्तव्य पुग्न कठिन छ ।’ यातायात समितिले कुनै पनि अप्रिय घटना हुन नदिन र सडकको अवस्थालाई ध्यान दिँदै फलेनी, ढोडेनी, पाचोक, नौथर, भलायखर्क, भोर्लेटार, गिलुङ, सालमेभञ्ज्याङ, भोजे, जिता, घेर्मु, स्यांगे, च्याम्चे, गाँउसहर, जगतलगायत स्थानहरूमा यातायात सेवा बन्द गरेको लमजुङ कालिका यातायातका काउन्टर प्रमुख बरालले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अदालत पुग्यो टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
कोरोना सङ्क्रमण बढ्दो छ, सतर्क रहौँ : स्वास्थ्य मन्त्रालय
-
‘जन्ते बाख्रो’ को व्यवसाय बुझ्न हलमा कलाकार, व्यवसाय कस्तो ?
-
यस्तो छ ‘कल्ली’ मा सौगातदेखि बेनिशासम्मको गेटअप
-
शैक्षिक संस्थाले ठुलो सङ्ख्यामा उत्पादन गरेका पत्रकार बजारले खपत गर्न सकेको छैन
-
प्रधानमन्त्रीको निर्देशनपछि उल्टियो घरजग्गा कारोबारमा बैँक स्टेटमेन्ट चाहिने व्यवस्था