श्रीराम सुगर मिल पुनः सञ्चालनको लागि छलफल
दुई वर्षदेखि बन्द रहेको रौतहटको गरुडा त श्रीराम सुगर मिल्स लिमिटेडको शनिवार निरीक्षण गर्नुका साथै पुनः सञ्चालनको लागि छलफल भएको छ। श्रम हित उपभोक्ता एवं उद्योग समितिको सभापति सङ्घीय सांसद एवं पूर्व श्रम तथा रोजगार मन्त्री रामेश्वर राय यादवको संयोजकत्वमा सरिता कुमारी गिरी,उमाशङ्कर अरगरीया, समितिका सचिव लगायतका पदाधिकारीहरू बन्द रहेको चिनी मिलको स्थलगत अनुगमन निरीक्षण गरी मिल सञ्चालनको लागि छलफल गरेका हुन् ।
सभापति यादवसहितको टोलीले मिल निरीक्षणपछि उखु उत्पादक संघ,कर्मचारी युनियन,तथा मजदुर संघका पदाधिकारी सँग मिल सञ्चालन बारे छलफल गरे । सो क्रममा सभापति यादवले मिल सञ्चालनको लागि उद्योगीद्वय हृतेश गोल्छा र विशाल अग्रवालसँग अविलम्ब छलफल गर्ने बताएका थिए ।
सोही क्रममा कर्मचारी युनियनका पदाधिकारीले मिल सञ्चालन भएमा मिलमाथिको पुरानो बक्यौता रकम क्रमशः बिस्तारै लिने बताएका थिए । छलफलमा उखु उत्पादक संघ रौतहटका अध्यक्ष अशोक यादव, सल्लाहकार रामभरोसी यादव, कर्मचारी युनियनका धिरेन्द्र यादव, सानेलाल सहनी, रामकिशोर साह,राजदेव सहनी लगायतको सहभागिता रहेको थियो ।
२०५१ सालमा स्थापना भएको श्रीराम सुगर मिल लगातार २६ वर्ष सञ्चालनमा रहेको थियो । जिल्लामै सबभन्दा ठुलो उद्योगको रूपमा रहेको चिनी मिल माथि किसानको उखु बापतको रकम धेरै उधारो भएपछि मिल प्रशासनले २०७७ साउन ११ गते एउटा सूचना जारी गर्दै चिनी मिल सधैँको लागि बन्द भएको घोषणा गरेको थियो । श्रीराम सुगर मिल सञ्चालन न हुँदा उखु खेती गर्ने किसान
प्रत्यक्ष मारमा परेका छन् । त्यसै गरी मिलमा काम गरेर पाँच सय भन्दा बढी कर्मचारी तथा मजदुर हाल बेरोजगार बनेका छन् ।
श्रीराम सुगर मिल गरुडाले किसानको प्रायः सबै रकम भुक्तानी गरिसकेको छ भने खुद्रा करिब दुई करोड रुपैयाँ हालसम्म बक्यौता रहेको उखु उत्पादक संघका अध्यक्ष यादवले जानकारी दिएका छन् । श्रीराम सुगर मिल बन्द भएपछि अधिकांश किसानले उखु खेती गर्न छोडेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण