जब सांसदले ‘नबोली, नबोली’ भन्दै संसदमा गीत गाइन्
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेसँग चार बुँदे सहमति भएसँगै कर्णाली प्रदेशमा शुक्रबारदेखि संसद सुचारु भएको छ । संसदको अवरोध हटेसँगै आगामी आर्थिक बर्ष २०७९–०८० को लागि ल्याइएको बजेटमाथि दफावार छलफल भइरहेको छ । शनिबार पनि संसद सञ्चालन भएर बजेटमाथि छलफल भएको थियो ।
दशौं अधिवेशनको २० औं बैठकमा भौतिक पुर्वाधार तथा सहरी विकास मन्त्रालय र जलस्रोत तथा उर्जा विकास मन्त्रालयका शीर्षकमाथिको छलफल भइरहँदा एमाले सांसद राजु नेपालीले संसदमै गीत गाइन् । उनले यी दुबै मन्त्रालयका मन्त्रीका छोरा स्वकिय रहेको र बजेटमा मन्त्रीका स्वकिय र छोराछोरी झल्किएको बताउँदै भनिन :
‘नबोली, नबोली कर्णालीको विकास रातो किताब आयो,
योजना मन्त्रीका स्वकिय, छोराछोरीलाई भयो’
उनले गीत मार्फत मन्त्रीहरुलाई व्यङ्ग्य गरेपछि प्रदेशसभामा एक पटक हाँसो मच्चिएको थियो । उनले गीतबाट नै छोराछोरीहरू बजेटमा झल्किएको बताइन् । उनले भनिन,‘मन्त्रीका मुहार त झल्किनु स्वभाविकै ठान्छु । यहाँ यस्तो सम्म भयो की मन्त्रीका छोराछोरी बजेटमा हावी भएको देखियो । हामीले दिएका योजना खोइ ?’
उनले सांसदले दिएका योजना समावेश नभए मन्त्रीका छोराहरूले संकलन गरेका योजना मात्र समावेश भएको आरोप लगाइन् । उनले भनिन,‘जो योजना झोलामा बोकेर होटेलहरुमा बसेका थिए । उनीहरुकै योजना बढी देखियो ।’
स्रोतका अनुसार भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री पदम रोकाया र जलस्रोत तथा उर्जा विकास मन्त्री गणेश प्रसाद सिंहले आफ्नै छोरालाई स्वकिय राखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुनावअघि विधेयक पारित गर्न नेतान्याहुको दौड
-
हाइटीमा श्रीलङ्काली सुरक्षा टोली परिचालन
-
अन्नपूर्णका किसानलाई अनुदानमा कृषि औजार वितरण
-
पोखरामा जुनियर छात्रछात्रा ह्याण्डबल प्रतियोगिता सुरु
-
पोर्चुगलको मुख्य प्रशिक्षकमा जेसुस नियुक्त, रोनाल्डोलाई टिममा निरन्तरता दिने संकेत
-
बाँझो जमिनलाई एकीकृत गरी जैविकखेती गर्दै ताराखोला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण