वडा सदस्यमाथि घरेलु हिंसाको आरोप
रामेछापको खाँडादेवी गाउँपालिका वडा नम्बर–६ का अध्यक्ष मिलन केसी ‘शिवराम’माथी घरेलु हिंसा गरेको आरोप लागेको छ । गएराति उनले पत्नी मेनुका केसी धिमाललाई मरणासन्न हुनेगरी कुटेका हुन् ।
नेपाली कांग्रेसबाट वडा सदस्यमा निर्वाचित शिवरामले यसअघि पनि पत्नीमाथि हिंसा गर्ने गरेको आरोप छ । यसअघि प्रहरी कार्यालयमा छलफल गरेर मिलापत्र हुँदै आएको थियो । शिवरामको कुटाइबाट पत्नी मेनुका घाइते भएकी छिन् । मेनुकालाई एम्बुलेन्सबाट काठमाडौं ल्याइएको उनकी नातेदार पार्वती खड्काले रातोपाटीलाई बताइन् ।
पीडितका आफन्तहरुले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिने तयारी गरेका छन् । कुटपिटपछि पत्नी तर्फका आफन्तलाई फोन गरेर शिवरामले ‘म कहाँ आउँ ?’ भनेर उल्टै धम्की दिएको नातेदार खड्काले बताइन् ।
खाँडादेवी–६ माकादुममा भएको सो घटनाबारे जानकारी आएको भन्दै ईलाका प्रहरी कार्यालयका असई उज्जवल अधिकारीले बुझ्ने काम भइरहेको रातोपाटीलाई बताए । असई अधिकारीले भने–‘खबर आएको छ, हामी बुझ्न जाँदै छौं ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण