रुपन्देहीमा तीन बालबालिकाको डुबेर मृत्यु
बुधबार, २९ असार २०७९, ०६ : ०१
लुम्बिनी प्रदेशको रुपन्देही जिल्लामा मंगलबार मात्रै तीन जना बालबालिकाको पानीमा डुबेर मृत्यु भएको छ । रूपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका–५ पिपरहवा बस्ने फलउदिन ईनरियाकी छोरी ५ वर्षीया मुस्कान खातुन र सोही ठाउँ बस्ने मोहागुल्लाह ईनरियाकी छोरी ३ वर्षीया जयनम ईनरियाको पानीमा डुबेर मृत्यु भएको हो ।
उनीहरु खेल्ने क्रममा घरबाट १ सय ५० मिटर टाढा रहेको माछा पोखरीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बतायो ।
त्यस्तै रुपन्देहीकै समरीमाई गाउँपालिका–५ दुबेथुमिवा बस्ने रोहित चाईकी छोरी ३ वर्षीया सिर्जना चाई सोही ठाउँ स्थित तिनाउ नदीमा मृत अवस्थामा फेला परेकी छन् । बुबाआमा खेतमा गएको बेला उनको नदीमा डुबेर मृत्यु भएको अवस्थामा उनको शव फेला परेको प्रहरीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण