शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

रुपन्देहीमा तीन बालबालिकाको डुबेर मृत्यु

बुधबार, २९ असार २०७९, ०६ : ०१
बुधबार, २९ असार २०७९

लुम्बिनी प्रदेशको रुपन्देही जिल्लामा  मंगलबार मात्रै तीन जना बालबालिकाको  पानीमा डुबेर मृत्यु भएको छ ।  रूपन्देहीको  लुम्बिनी साँस्कृतिक नगरपालिका–५ पिपरहवा बस्ने फलउदिन ईनरियाकी छोरी ५ वर्षीया मुस्कान खातुन र सोही ठाउँ बस्ने मोहागुल्लाह ईनरियाकी छोरी ३ वर्षीया जयनम ईनरियाको  पानीमा डुबेर मृत्यु भएको हो ।

उनीहरु खेल्ने क्रममा घरबाट १ सय ५० मिटर टाढा रहेको माछा पोखरीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ  । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बतायो । 

त्यस्तै रुपन्देहीकै  समरीमाई गाउँपालिका–५ दुबेथुमिवा बस्ने रोहित चाईकी छोरी ३ वर्षीया सिर्जना चाई सोही ठाउँ स्थित तिनाउ नदीमा  मृत अवस्थामा फेला परेकी छन् । बुबाआमा खेतमा गएको बेला उनको नदीमा डुबेर मृत्यु भएको अवस्थामा उनको शव फेला परेको प्रहरीको भनाइ छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप