बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

दिक्पाल र जुना अभिनित ‘पन्छी’ सार्वजनिक

बुधबार, २९ असार २०७९, १० : ४७
बुधबार, २९ असार २०७९

गायक केतन क्षेत्रीको स्वरमा ‘पन्छी’ बोलको गीत सार्वजनिक भएको छ । गीतकार रमेश लुइँटेलको शब्द तथा हेमन्त शिशिरको संगीत रहेको गीतको म्युजिक भिडियो पनि बनेको छ । 

भिडियोमा कलाकारिता क्षेत्रमा संघर्ष बिना अघि बढ्न खोजेकी एक युवतीको कथा देखाउन खोजिएको छ । भिडियोमा दिक्पाल कार्की, दिपेश परियार, जुना कार्की, मनोज कार्की र सजिना राईको अभिनय देख्न सकिन्छ । 

सुजन श्रेष्ठको छायाँकन, शिलन लम्सालले सम्पादन रहेको भिडियो मुनाल शिशिर कोइरालाले निर्देशन गरेका हुन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप