वैज्ञानिक सोच राख्ने इमान्दार कम्युनिस्टहरु एक ठाउँमा आउनुपर्छ : प्रचण्ड
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले वैज्ञानिक सोच राख्ने इमान्दार कम्युनिस्टहरु एक ठाउँमा आउनुपर्ने बताएका छन् । नेपालमा विज्ञान तथा सूचना प्रविधि सम्बन्धी नीति संवाद कार्यक्रममा बोल्दै प्रचण्डले वैज्ञानिक सोच राख्ने इमान्दार कम्युनिस्टलाई एक बनाउने आफ्नो मिसन भएको बताए ।
‘नेपालमा अलि वैज्ञानिक विचार राख्ने भन्या कम्युनिस्टहरु नै हुन । विज्ञानलाई दर्शनको रुपमा दर्शनलाई विज्ञानको रुपमा आत्म साथ गरेको पाईन्छ । त्यसकारण सबै कम्युनिस्टहरुलाई एक ठाउँमा जम्मा गरेपछि धेरै राम्रो हुन्छ होला भन्ठानेर निक्कै ठूलो जोखिम उठाएर आफूले त्याग गरेर कम्युनिस्ट एकता गराएकै हो’ प्रचण्डले भने, ‘त्यहाँ के के भयो त्यो छदैछ । अझैपनि वैज्ञानिक सोच राख्ने इमान्दार कम्युनिस्टहरु एक ठाउँमा आउनै पर्छ । त्यो मिसन हाम्रो हो । त्यसको हिजोपनि प्रस्तावक मै थिए भाेलि पनि म प्रस्तावक हुन्छु भन्ने लाग्या छ ।’ वैज्ञानिक सोच राख्ने इमान्दार कम्युनिस्टहरु एक ठाउँमा भए वैज्ञानिक नीति र समाजवादको रुपमान्तरण हुने प्रचण्डले बताए ।
नेपाली समाज नयाँलाई पटक्कै नरुचाउने गरेको बताउँदै प्रचण्डले त्यसका लागि रुपान्तरणको खाँचो भएको बताए । अहिलेको जमानामा कोही स्वतन्त्र नहुने भन्दै प्रचण्डले नेपालमा समेत कोही स्वतन्त्र नभएको बताए । ‘अहिलेको जमानामा स्वतन्त्र कोही पनि हुँदैन, खासगरी नेपालमा,’ प्रचण्डले भने,‘अगाडि बढ्ने कि पछाडि फर्कने हो ? योभन्दा अरु बाटो अहिले म नेपालमा देख्दिनँ ।’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण