बालबालिकालाई दिइने खोप अस्वाभाविक रूपमा खेर फालियो: महालेखा परीक्षकको प्रतिवेदन
महालेखा नियन्त्रक कार्यालयले जारी गरेको ५९ औँ प्रतिवेदनमा खोप कार्यक्रम मितव्ययी र कुशल रूपमा सञ्चालन नभएको उल्लेख गरिएको छ । यस्तै, प्राप्त खोप अस्वाभाविक रूपमा खेर गएको पाइएको छ । खोप लिने तालिका बनाई व्यवस्थापन गर्नुपर्ने गत विगत वर्षदेखि औँल्याउँदै आए पनि यो वर्ष पनि सुधार नभएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
बी.सी.जी. खोप २० लाख ९५ हजार ३९८ मात्रा अर्थात् ७८.८ खेर गएको छ । यस्तै, पेन्टा डी.पी.टी. ४ लाख ६४ हजार १५२ मात्रा अर्थात् २२.२ प्रतिशत खोप खेर गएको छ भने दादुरा रुवेल ९ लाख २७ हजार ५३३ मात्रा अर्थात् ४८.३ प्रतिशत खेर गएको छ । पोलियो ओ.पी.भी ४ लाख ६३ हजार ५४१ अर्थात् २३.२ प्रतिशत खेर गएको छ । यस्तै, जे.ई. खोप ४ लाख ३६ हजार ४४६ मात्रा अर्थात् ४६.५ प्रतिशत र टी.डी ४ लाख १३ हजार ३३३ मात्रा अर्थात् ३६.० प्रतिशत खोप खेर गएको महालेखाको वार्षिक प्रतिवेदनमा उल्लेख गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केनको गोलसँगै इंग्ल्याण्ड खेलमा फर्कियो
-
मन्त्रीहरूको मनपरीतन्त्रले विवादको भुमरीमा कर्णालीको बजेट !
-
को होला उत्कृष्ट गायिका ?
-
निर्मला पन्तको हत्याबारे एसएसपी नेतृत्वको समितिले अनुसन्धान गर्दै
-
पहिलो हाफमा इंग्ल्याण्डविरुद्ध कंगोको १–० को अग्रता
-
चितवनमा विद्युत् आपूर्ति अनियन्त्रित हुँदा सेवा प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण