त्रिविद्वारा प्रश्नपत्रमा खेलाँची गर्नेलाई पढाउन प्रतिबन्ध
प्रश्नपत्र निर्माणमा खेलाँची गर्ने प्राध्यापकलाई त्रिभुवन विश्वविद्यालयले तीन वर्षसम्म आङ्गिक क्याम्पसमा पढाउन प्रतिबन्ध लगाउने निर्णय गरेको छ । त्यस्ता व्यक्तिलाई तीन वर्षसम्म विश्वविद्यालयको परीक्षासम्बन्धी कुनै पनि गतिविधिमा संलग्न हुन नदिने निर्णय पनि विश्वविद्यालय कार्यकारी परिषद्ले गरेको छ ।
यस्तो कारबाही गरिएका सबै जना करार सेवामा कार्यरत अध्यापक रहेको त्रिविले जनाएको छ । परीक्षासम्बन्धी गोपनीयताका कारण उहाँहरूको नाम त्रिविले गोप्य राखेको छ । त्रिविले असार २२ गते सञ्चालन गरेको बीबीए छैटौँ सेमेस्टरको ‘अर्गनाइजेसन बिहेविअर’ विषयको वार्षिक परीक्षामा मोर्डन नेपाल कलेजको प्रिबोर्डमा सोधिएको प्रश्न सोधिएको थियो । उक्त परीक्षा रद्द गरेर साउन १ गते अर्को परीक्षा सञ्चालन गर्ने निर्णय पनि त्रिविले गरेको छ ।
त्यस्तै बीबीए छैटौँ सेमेस्टरकै ‘नेप्लिज सोसाइटी एन्ड पोलिटिक्स’ विषयको परीक्षाको प्रश्नपत्रको शीर्षकमा सोही विषय राखे पनि प्रश्न ‘सोसोलोजी फर बिजनेस’ विषयको सोधिएको थियो ।
बीबीए छैटौँ सेमेस्टरकै ‘नेप्लिज सोसाइटी एन्ड पोलिटिक्स’ विषयको प्रश्नपत्र निर्माणकर्ता शिक्षकले उक्त प्रश्नपत्र डिन कार्यालयको प्रश्नपत्र बैङ्कमै रहेको अवस्थामा नमुना प्रश्न भन्दै आफ्नो पाठ्यपुस्तकमा हुबहु समावेश गरेका थिए ।
त्रिविका उपकुलपति प्राध्यापक डा. धर्मकान्त बाँस्कोटाले परीक्षाको गोपनीयता भङ्ग गरी परीक्षाप्रति गम्भीर खेलबाड गरेकाले यस्तो निर्णय गरिएको जानकारी दिए ।
त्यस्तै शङ्करदेव क्याम्पसले यसै वर्षको प्रिबोर्ड परीक्षामा मौलिक प्रश्न नसोधी बजारमा पाइने पुस्तकबाट हुबहु सोध्ने प्रश्नकर्तालाई डिन कार्यालयको परीक्षासम्बन्धी सबै गतिविधिमा संलग्न नगराउने निर्णय गरिएको छ ।
त्रिविका अनुसार व्यवस्थापन सङ्कायको परीक्षा सञ्चालनमा देखिएको समस्या तथा कमजोरीबारे अध्ययन गरेर सुझाव पेस गर्न प्राध्यापक डा. भोजराज अर्यालको संयोजकत्वमा उच्चस्तरीय समिति गठन गर्ने निर्णय पनि त्रिविले गरेको छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पर्सा प्रहरीले पनि हटाउन थाल्यो सवारी साधनको कालो सिसा
-
दयाहाङ र मिरूनाकाे ‘रातो घेरा’ मुहूर्त, अर्को सातादेखि छायाङ्कन
-
बुटवल–नारायणगढ सडकको सर्भिस लेनमा धमाधम कालोपत्रे, तस्बिरहरू
-
नागार्जुन क्षेत्रमा ४६ मिलिमिटर वर्षा, केही ठाउँ जलमग्न
-
नेपाल–चीन लगानी सम्मेलन सम्पन्न
-
पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानुन तयार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण