प्रचण्ड र आरजुको भेटप्रति एमाले नेताको टिप्पणी : सत्ता बाँडफाँटको भद्दा झल्को
भारतको नयाँ दिल्लीमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रधानमन्त्री शेरबहादुर देउवाका पत्नी एवं काँग्रेसकी नेतृ आरजु देउवाबीच भएको भेटप्रति टिप्पणी गर्दै एमालेका केन्द्रीय सदस्य तथा प्रचार विभाग उपप्रमुख विष्णु रिजालले भेटले सत्ता बाँडफाँडको भद्दा भल्को दिएको बताएका छन् । उनले आफ्नो फेसबुकमा लेखेका छन्, ‘प्रधानमन्त्री पत्नी आरजु राणा र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच भारतको राजधानी दिल्लीमा भएको यस ‘भेटघाट’ ले २००७ सालमा राणा र काँग्रेसबीच दिल्लीमा भएको सत्ता बाँडफाँटको भद्दा झल्को दिन्छ ।’
२०७३ सालमा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई अपदस्थ गर्नुअघि प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका नेता कृष्णबहादुर महराबीच पनि दिल्लीमै भेटघाट भएको सन्दर्भ पनि उनले उल्लेख गरेका छन् । सत्ता गठबन्धन कायम राख्ने, आउँदो चुनावमा सिट बाँडफाँटको अन्तिम टुङ्गो लगाउन उनीहरूको बीचमा भेटघाट भएको आशङ्का उनले गरेका छन् ।
उपचारका लागि’ केही दिन अघि दिल्ली पुगेकी प्रधानमन्त्री देउवाकी पत्नी देउवासँग माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको शनिबार बिहान भेटघाट भएको हो । सो क्रममा भारतका लागि नेपाली राजदूत शंकर शर्मा र प्रचण्ड पुत्री गङ्गा दाहालको उपस्थिति रहेको थियो । शुक्रवार साँझ दूतावासमा आयोजना भएको रात्रि भोजमा पनि प्रचण्ड र देउवाबीच भेटवार्ता भएको थियो ।
यसअघिको समाचारमा फोटो अन्य परेकोमा सच्याइएको छ । सं
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हुथीद्वारा साउदी अरबमाथि मिसाइल आक्रमण
-
हजारौँ करार र ज्यालादारी कर्मचारी हटाएर सरकारले नीतिगत भ्रष्टाचार गर्दै छ : सांसद राई
-
सरकारमाथि प्रतिपक्षी सांसदले औँला ठड्याए, सत्तापक्ष प्रमाण माग्दै सरकारको बचाउमा
-
सम्पत्ति छानबिनमा सरकारले राजनीति गर्यो, आफ्ना मन्त्री र सांसदलाई जोगाउन खोजियो : शाही
-
देशभरका २१ वटा सडक प्रभावित
-
ट्रम्पले आईआरएस मुद्दाको दुरुपयोग गरेको अमेरिकी न्यायाधीशको ठहर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण