सिट गुम्ने डरले गठबन्धनबारे दोधारमा काँग्रेस नेता
प्रमुख सत्तारूढ दल नेपाली काँग्रेसको केन्द्रीय समिति बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा र आगामी प्रदेश र प्रतिनिधि सभा निर्वाचनको रणनीतिका विषयमा छलफल जारी छ । बैठकमा प्रधानमन्त्रीसमेत रहेका काँग्रेस सभापति शेरबहादुर देउवासहितका शीर्ष नेताहरू आगामी निर्वाचनमा सत्तारूढ दलबीच चुनावी तालमेलको पक्षमा उभिएका छन् । देउवासँगै वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंहलगायतका शीर्षस्थ नेता तालमेलको पक्षमा छन् ।
गत मंसिरमा सम्पन्न काँग्रेसको १४ औं महाधिवेशनबाट इतर समूहको नेतृत्व गरेका नेता डा शेखर कोइराला पनि पछिल्लो समय कांग्रेसलाई कमभन्दा कम क्षति हुनेगरी गठबन्धन आबद्ध दलहरूबीच चुनावी तालमेलका पक्षमा धारणा दिन थालेका छन् ।
तर, काँग्रेसका दोस्रो तहका मोहन बस्नेतसहितका केही नेताहरूले भने स्पष्ट रूपमा गठबन्धनका पक्षमा मुख खोलेका छैनन् । उनीहरू आफू निर्वाचित भएको क्षेत्र अरू दलका उम्मेदवारलाई छाड्न नहुने पक्षमा छन् । काँग्रेसका धेरै जसो नेताहरूलाई गठबन्धन नभए हारिने, गठबन्धन कायम रहे आफ्नो क्षेत्रको सिट गुम्ने डर छ । यो खबर आजको राजधानी दैनिकमा प्रकाशित छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण