हलिउड अभिनेत्री जेनिफरले कसिन लगनगाँठो
हलिउड अभिनेत्री जेनिफरले लसभेगासमा प्रेमी बेन एफलेकसँग विवाह गरेकी छन् । अभिनेत्रीले आफ्नो वेभसाइटमार्फत आफूहरुले विवाह गरेको जानकारी दिएकी हुन् ।
‘हामीले यो गर्यौ । प्रेम सुन्दर छ । र यो बाहिर जान्छ कि प्रेम धैर्य हो । बीस वर्षको धैर्य’, उनले लेखेकी छन् । यो जोडीले १७ वर्षअघि इन्गेजमेन्ट गरेर त्यसलाई तोडेका थिए ।
गत वर्ष यो जोडीले सामाजिक सञ्जालमा आफ्नो प्रेम पुनः सुरु भएको जनाउ दिएका थिए । नेभाडामा भएको द क्लार्ट कन्टी क्लेकको कार्यालयमा राखिएको रेकर्ड प्रणाली अनुसार अब जेनिफरले आफ्नो नाम जेनिफर एफलेक लेख्नेछिन् । जेनिफरका अनुसार जोडी गत शनिबार लसभेगास पुगेर उनीहरुले विवाहको अनुमति पत्र लिएका थिए ।
सन् २००२ मा फिल्म ‘गिग्ली’को सेटमा यो जोडीको भेट भएको थियो । त्यसपछि सन् २००३ मा उनीहरु इन्गेज्ड भए । लगत्तै उनीहरुले मिडियाले आफूहरुलाई बढी ध्यान दिएको कारण देखाउँदै उनीहरु अलग्गिने निर्णय गरेका थिए ।
यो अवधिमा लोपेज धेरैपटक इन्गेज्ड भइन् । उनले गायक मार्क एन्थोनीसँगै विवाह गरेकी थिइन् । एफलेकसँग उनको यो चौथो विवाह हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा वित्तीय बेथिति: टुक्रे योजनामा बजेट छरियो, अर्बौंका मेसिन गोदाममै सड्दै
-
घरायसी विवादमा श्रीमतीको हत्या
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
-
‘बाध्यकारी श्रम’को आरोपमा बेलायत र क्यानडासहित ६० व्यापार साझेदारमाथि भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
‘घरदैलोको अदालत’ले विश्वास जित्दै, दलित समुदायको पहुँच भने कमजोर
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण