युरोपमा फैलिएको डढेलोका कारण हजारौँ मानिस विस्थापित
युरोपमा डढेलो फैलिएपछि हजारौँ मानिस घर छाड्न बाध्य भएका छन् । भूमध्यसागरसँगैकाे जंगलमा लागेको आगो फैलिएपछि मानिसहरू घर छाड्न बाध्य भएका हुन् । स्पेन, क्रोएसिया र ग्रीसमा पनि आगो फैलिएपछि फ्रान्सले दक्षिण–पश्चिममा जंगलमा लागेको डढेलोबाट खतरामा परेका १४ हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारेको छ ।
फ्रान्सको एक लोकप्रिय पर्यटक क्षेत्र गिरोन्डेका अधिकारीहरूले क्याम्पसाइटहरूबाट गार्डहरू खाली गरेका छन् । उक्त क्षेत्रबाट पर्यटकहरूले पहिले नै छोडेका थिए । टेस्टे–डे–बुच र ल्यान्डिरास क्षेत्रमा पनि आगो फैलिएको छ । दक्षिणी स्पेनमा, मिजास पहाडहरूमा ३२ सयभन्दा बढी मानिसहरू डढेलोबाट भागेका छन् । यद्यपि, केही मानिस भने फर्किएका छन् । पोर्चुगलकाे आगलागी अहिले नियन्त्रणमा आएको छ ।
पोर्चुगल सरकारले गत साता गर्मीका कारण ६५९ जनाको ज्यान गएको बताएको छ । मृत्यु हुनेमा धेरैजसो बृद्धबृद्धा छन् ।
स्पेनको कास्टिला वाई लिओन, ग्यालिसिया र एक्स्ट्रेमादुरा प्रान्तहरूमा डढेलो फैलिएको छ । आगो निभाउन भूमध्य सागरमा हजारौँ अग्नि नियन्त्रकहरू र विमान तैनाथ छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
-
अमिताभ बच्चनको स्पष्टीकरण, ‘म बिरामी छैन, मेरो पोस्टलाई गलत बुझियो’
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण