शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

युरोपमा फैलिएको डढेलोका कारण हजारौँ मानिस विस्थापित

सोमबार, ०२ साउन २०७९, १० : १७
सोमबार, ०२ साउन २०७९

युरोपमा डढेलो फैलिएपछि हजारौँ मानिस घर छाड्न बाध्य भएका छन् । भूमध्यसागरसँगैकाे जंगलमा लागेको आगो फैलिएपछि मानिसहरू घर छाड्न बाध्य भएका हुन् । स्पेन, क्रोएसिया र ग्रीसमा पनि आगो फैलिएपछि फ्रान्सले दक्षिण–पश्चिममा जंगलमा लागेको डढेलोबाट खतरामा परेका १४ हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारेको छ । 

फ्रान्सको एक लोकप्रिय पर्यटक क्षेत्र गिरोन्डेका अधिकारीहरूले क्याम्पसाइटहरूबाट गार्डहरू खाली गरेका छन् । उक्त क्षेत्रबाट  पर्यटकहरूले पहिले नै छोडेका थिए । टेस्टे–डे–बुच र ल्यान्डिरास क्षेत्रमा पनि आगो फैलिएको छ । दक्षिणी स्पेनमा, मिजास पहाडहरूमा ३२ सयभन्दा बढी मानिसहरू डढेलोबाट भागेका छन् । यद्यपि, केही मानिस भने फर्किएका छन् । पोर्चुगलकाे आगलागी अहिले नियन्त्रणमा आएको छ ।

पोर्चुगल सरकारले गत साता गर्मीका कारण ६५९ जनाको ज्यान गएको बताएको छ  । मृत्यु हुनेमा धेरैजसो बृद्धबृद्धा छन् । 

स्पेनको कास्टिला वाई लिओन, ग्यालिसिया र एक्स्ट्रेमादुरा प्रान्तहरूमा डढेलो फैलिएको छ । आगो निभाउन भूमध्य सागरमा हजारौँ अग्नि नियन्त्रकहरू र विमान तैनाथ छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप