घटनास्थलमा मारेको लामखुट्टेका कारण चोर पक्राउ
चीनको एउटा अपार्टमेन्टमा केही समय अघि चोरी भएको थियो । घटनामा कसको संलग्नता थियो भन्ने बारे लामो अनुसन्धानपश्चात् पनि प्रहरीले केही थाहा पाउन सकिरहेको थिएन तर घटनास्थलमा एउटा यस्तो ‘क्लू’ भेटियो जसका कारण प्रहरी दोषीसम्म पुग्न सफल भयो ।
भारतीय टिभी सिरिज सिआइडीको कथा जस्तो देखिने यो घटना निकै रोचक छ । चिनियाँ समाचार स्रोत फज्हाउका अनुसार चीनको फुजियान प्रान्तमा अवस्थित एक अपार्टमेन्टमा चोरी गर्ने व्यक्तिलाई घटनास्थलमा मारिएको लामखुट्टेको अनुसन्धान गरेर पक्राउ गर्न सफल भएको छ । लामखुट्टे मार्दा अपार्टमेन्टको भित्तामा रगत लत्पित्तिएको थियो, त्यहि रगत परीक्षण गरेपछि प्रहरी चोरसम्म पुग्न सफल भएको हो । घटनास्थलको अनुसन्धान गर्दा प्रहरीले के पत्ता लगाए भने ती चोर अपार्टमेन्टको निकै अग्लो पर्खाल चढेर बाल्कोनी हुँदै अपार्टमेन्ट भित्र पुगेका थिए । त्यहाँ उनले रात कटाएको हुनसक्ने अनुमान प्रहरीले गरे । अपार्टमेन्टको भित्तामा लामखुट्टे मारिएको देखेपछि प्रहरीले उक्त रगतको डिएनए परीक्षण गर्ने निधो गरे ।
ग्लोबल टाइम्सका अनुसार अनुसन्धाताले त्यहाँको किचनमा चाउचाउ र अण्डा पकाएको देखे, दराजबाट ब्ल्याङ्केट र सिरानी निकालेर बेडमा राखिएको पनि देखे, त्यहाँ धुप पनि बालिएको थियो । यी सबै कुराले के पुष्टि गर्यो भने उक्त अपार्टमेन्टमा जोसुकै पुगे, त्यहाँ केही समय त बिताए । त्यसैले पनि मरेको लामखुट्टेबाट निस्किएको रगत अनुसन्धान गर्दा केही न केही ‘क्लू’ निस्किने प्रहरीले अनुमान गरे ।
डीएनए परीक्षणपश्चात् के थाहा भयो भने उक्त रगत ‘चाय’ थर भएका एक व्यक्तिको रहेछ । उनको आपराधिक सूची निकै लामो भएको पनि पत्ता लाग्यो । चोरी गरेको १९ दिनपछि चायलाई सोधपुछ गर्न भन्दै प्रहरीले नियन्त्रणमा लिएको । उनीमाथि अन्य तीनवटा चोरीको घटनामा पनि सोधपुछ गरिँदैछ । उनलाई हाल हिरासतमा राखेर अनुसन्धान भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति शवदाह गृह मेसिन खरिद भ्रष्टाचार मुद्दा १३ औँ पटक पेसीमा
-
चिया उद्योग बन्द भएको विषय संसदमा उठ्यो
-
नवनिर्वाचित अध्यक्ष डाँगीद्वारा मार्गचित्र सार्वजनिक : ‘इप्पान भिजन २०२९’ र डिजिटल प्रणाली मुख्य प्राथमिकता
-
सुस्तामा भारतीय एसएसबीको हस्तक्षेपबारे राप्रपाको प्रश्न– सरकार कहाँ छ ?
-
सम्पत्ति शुद्धीकरण मुद्दा : व्यवसायी दीपक भट्ट र सुलभ अग्रवालको बयान जारी
-
ऊर्जा क्षेत्रका जल्दाबल्दा एजेण्डा सरकारको नीतिमा समेट्न सफल : निवर्तमान अध्यक्ष कार्की
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण