टाटा विङ्गर बीएस ६ अब नेपाली बजारमा
नेपालमा टाटा मास्टर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले नयाँ टाटा विङ्गर बीएस६ नेपाली बजारमा सार्वजनिक गरेको छ । “प्रिमियम टफ” ढाँचामा तयार परिएको सो गाडी कार्गो कम्पनी, विद्यालय र ट्राभल एजेन्सी लगायतका संस्थाहरुलाई उपयुक्त रहेको बताइएको छ ।
“विङ्गर बीएस ६ नयाँ युगका त्यस्ता सू–सुचित ग्राहकहरुतर्फ लक्षित छ, जो आकर्षक र आरामदायी गाडी मार्फत आफ्नो व्यापार÷व्यवसायको उन्नति गर्न चाहन्छन्,” कम्पनीले भनेको छ।
२.२ लिटरको डाइकोर इन्जिन जडित विङ्गर बीएस६ को टर्क प्रभावकारी छ । त्यसैगरी इको स्विच एवं गियर सिफ्ट एडभाइजर जस्ता विशेषताले गर्दा गाडीले कम इन्धन खपत गरी उत्कृष्ट
कार्यक्षमता प्रदान गर्दछ । हाइड्रोलिक सक एब्जर्बर भएको फ्रन्ट सस्पेन्सन एवं मोनोकक च्यासिस जस्ता विशेषता भएको यो गाडीले सुखद र आरामदायी यात्राको प्रत्याभूति गर्ने कम्पनीको भनाइ छ ।
“टाटाका विविध एवं बलिया कमर्शियल रेञ्जका गाडीहरुलाई नेपाली ग्राहकहरुले लामो समयदेखि उत्साहका साथ रोजिरहनु भएको छ । कम भन्दा कम खर्चमा आफ्नो व्यापार÷व्यवसाय अभिवृद्धि गर्न चाहनेहरुको लागि अत्यन्त उपयोगी छ । सिप्रदी ट्रेडिङ्गले दशकौ देखि उल्लेखनीय प्रतिबद्धताका साथ टाटाका गाडीहरुको बिक्री वितरण र सम्बन्धित सेवाहरु प्रदान गरिरहेको छ र टाटा विङ्गरले यस्तै प्रतिबद्धताका साथ नेपाली बजारमा बजारीकरण गर्नेमा हामी पूर्णतः विश्वस्त छौं,” टाटा मोटर्सको कमर्सियल भेहिकल बिजनेस युनिट अन्तर्गतको इन्टरनेसनल बिजनेस एण्ड स्ट्र्याटिजीका उपाध्यक्ष अनुराग मेह्रोताले भने, “उत्कृष्ट कार्य क्षमता भएको अत्यन्त भरपर्दो उत्पादन मार्फत ग्राहकलाई सन्तुष्टि प्रदान गर्ने टाटाको विरासतलाई यस विङ्गरले प्रतिनिधित्व गर्दछ ।”
त्यसैगरी सिप्रदी ट्रेडिङ्गका कार्यकारी अध्यक्ष सिद्धार्थ शमसेर राणाले भने, “नेपालकै एक प्रतिष्ठित ब्राण्डको रुपमा हामीले सदैव आफ्नो ग्राहकहरुलाई अन्तर्राष्ट्रियस्तरको उत्पादन एवं समुच्च कोटीको ग्राहक सेवाहरु प्रदान गरिरहेका छौं । टाटा मोटर्सको सहकार्यमा यस्ता उत्पादन तथा सेवाहरु हामीले विगत केही दशक देखि नेपाली ग्राहकहरुलाई प्रत्याभूति गरिरहेका छौँ ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बलियो संघीयताको माग गर्दै जनमतले माइतीघरमा प्रदर्शन गर्ने
-
मोबाइलसँगै नष्ट भयो जन्मदर्ता पनि, प्रशासनले सुनेन अभिभावकको आग्रह
-
दक्षिण सुडानमा द्वन्द्व चर्किँदा तीन लाखभन्दा बढी विस्थापित
-
अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु
-
देश नयाँ राजनीतिक संस्कारतर्फ अघि बढ्दैछ : सञ्चारमन्त्री तिमिल्सिना
-
रुपन्देही क्रिकेट संघको अध्यक्षमा शक्ति गौचनको उम्मेदवारी घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण