शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

पानी ट्याङ्कीमा डुबेर दैलेखमा २ बालबालिकाको मृत्यु

मङ्गलबार, ०३ साउन २०७९, ०८ : ५२
मङ्गलबार, ०३ साउन २०७९

दैलेखमा पानी ट्याङ्कीमा डुबेर २ बालबालिकाको मृत्यु भएको छ । 

दुल्लु नगरपालिका वडा ३ सियालाका बखत महतका छोरा दिनेश महत र छोरी अनिता महतको सोमबार कर्णाली, कोटाछाल, दुल्लु लिप्टिङ खानेपानीको ट्याङ्कीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी भुवनेश्वर शाहले जानकारी दिए । 

शाहले भने ‘दिउँसो चार बजे उनीहरु मृत फेला परेको भनेर हामीलाई खबर आएको थियो । हामीले मातहतका कार्यालयमा बुझ्दा २ बालबालिकाको मृत्यु भएको  पुष्टी भएकाे छ।'

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप