सक्रिय सङ्क्रमित सबैभन्दा बढी काठमाडौँ जिल्लामा
काठमाडौँ जिल्लामा कोरोना भाइरस (कोभिड–१९) सक्रिय सङ्क्रमितको सङ्ख्या ५ सय नाघेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हाल सक्रिय सङ्क्रमित ११०९ जना छन् । नेपालमा महामारी सुरु भएदेखि हालसम्म काठमाडौँ जिल्लामा २ हजार ३०४ जनाको मृत्यु भएको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासले उपत्यकाका काठमाडौँ र ललितपुर जिल्ला सङ्क्रमितको दर बढेको बताए । उनले भने, ‘काठमाडौँ धेरै अस्पताल तथा कोरोना परीक्षण गर्ने प्रयोगशालाहरू छन् । यही काठमाडौँमै विदेश जानेहरूले कोरोना परीक्षण गराएको हुँदा सङ्क्रमण धेरै देखिएको हुन सक्छ ।’ यस्तै ललितपुरमा सक्रिय सङ्क्रमित १६० जना छन् भने भक्तपुर जिल्लामा ४२ जना रहेका छन् । यस्तै, ललितपुरमा नेपालमा महामारी सुरु भएदेखि कोरोना सङ्क्रमणका कारण ७४८ जनाको मृत्यु भएको छ भने भक्तपुर जिल्लामा ४४८ जनाको मृत्यु भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नाटकीय खेलमा सेनेगल पराजित, बेल्जियम विश्वकपको अन्तिम १६ मा
-
बेल्जियमको सनसनीपूर्ण कमब्याक, खेल २–२ को बराबरीमा
-
५१ औँ मिनेटमा इस्माइला सारको गोल, बेल्जियमविरुद्ध सेनेगल २–० ले अघि
-
पहिलो हाफ सकिँदा बेल्जियम १–० ले पछाडि, सेनेगलको अग्रता कायमै
-
२४ औँ मिनेटमा हबिब डियाराको गोल, बेल्जियमविरुद्ध सेनेगल १–० ले अघि
-
एउटै खेलबाट पेलेका दुई ऐतिहासिक कीर्तिमान तोड्दै ह्यारी केनले रचे इतिहास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण