सक्रिय सङ्क्रमित सबैभन्दा बढी काठमाडौँ जिल्लामा

काठमाडौँ जिल्लामा कोरोना भाइरस (कोभिड–१९) सक्रिय सङ्क्रमितको सङ्ख्या ५ सय नाघेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हाल सक्रिय सङ्क्रमित ११०९ जना छन् । नेपालमा महामारी सुरु भएदेखि हालसम्म काठमाडौँ जिल्लामा २ हजार ३०४ जनाको मृत्यु भएको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासले उपत्यकाका काठमाडौँ र ललितपुर जिल्ला सङ्क्रमितको दर बढेको बताए । उनले भने, ‘काठमाडौँ धेरै अस्पताल तथा कोरोना परीक्षण गर्ने प्रयोगशालाहरू छन् । यही काठमाडौँमै विदेश जानेहरूले कोरोना परीक्षण गराएको हुँदा सङ्क्रमण धेरै देखिएको हुन सक्छ ।’ यस्तै ललितपुरमा सक्रिय सङ्क्रमित १६० जना छन् भने भक्तपुर जिल्लामा ४२ जना रहेका छन् । यस्तै, ललितपुरमा नेपालमा महामारी सुरु भएदेखि कोरोना सङ्क्रमणका कारण ७४८ जनाको मृत्यु भएको छ भने भक्तपुर जिल्लामा ४४८ जनाको मृत्यु भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेश नीति तथा कार्यक्रम र बजेट निर्माणका सम्बन्धमा एमालेको छलफल
-
फेवातालबाट ३ जना इजरायली पर्यटकको उद्दार
-
मर्मतपछि कुलेखानी तेस्रोबाट पुनः विद्युत् उत्पादन सुरू
-
मोदीको चेतावनी : हामीले १ सयभन्दा बढी आतंककारी मार्यौँ, पाकिस्तानको मनोवृत्ति हेरेर थप कारबाही गर्छौँ
-
वैदेशिक रोजगारीमा ज्यान गुमाएका परिवारलाई क्षतिपूर्ति उपलब्ध
-
अमेरिकाकाे चेतावनी : युद्ध नरोके व्यापारमा सघाउँदैनौँ