माओवादी केन्द्रद्वारा कर्णाली प्रदेशसभाको बैठक बहिस्कार
सत्तारुढ दल नेकपा माओवादी केन्द्रले कर्णाली प्रदेशसभाको बैठक बहिस्कार गरेको छ । यसअघिको सरकारले गरेका कामहरु कटौती गरेको भन्दै माओवादी केन्द्रले माओवादी केन्द्रले प्रदेशसभाको बैठक बहिस्कार गरेको हो ।
सरकार र प्रदेशसभामा आफ्नो पार्टीको कामलाई पूर्णरुपमा असहयोग गरेकाले बैठक बहिस्कार गरेको प्रदेशसभा सदस्य गोपाल शर्माले बताए । उनले घाइते, अपाङ्गलाई जीवन निर्वाह व्यवस्था, अर्थ तथा प्राकृतिक स्रोत साधन समितिलाई पूर्णता दिने काम समेत बीचमै अलपत्र पारिएको आरोप लगाए ।
उनले माओवादी केन्द्रको भागमा परेका सबै काममा असहयोग गर्नु र माथिको आदेश भन्दै सचिवालयमा दर्ता समेत गर्न अस्वीकार गर्ने गरेको बताए । आफूहरुले उठाएका मागको हल नभए सदनमा उपस्थित नहुने उनले बताए । सरकारले सदनमा माओवादीलाई निषेध गर्न खोजिएका कारण आफूहरु सदनमा सहभागी हुन नसक्ने उनले बताए । उनले नेपाली काँग्रेस सरकार र सदनमा एक्लै हिड्न खोजेको आरोप लगाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रशासकीय अधिकृतमाथि कारबाही गर्न मेयर रिना साहको माग
-
जनता आवास कार्यक्रम: सातै प्रदेशमा गरी करिब ३९ हजार घर हस्तान्तरण
-
तीन वर्षको अन्तरालमा एउटै नियति
-
ठगीमा परेका ८३६ नेपालीको उद्धार : परराष्ट्र मन्त्रालय
-
नाट्टाको सचिवमा रमेश पराजुलीको उम्मेदवारी
-
सदनको जनसरोकारका विषयको प्रगति सांसदलाई फोन गरेरै जानकारी गराइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण