अपांगता भएका व्यक्तिलाई जीविकोपार्जनका लागि कृषि सामग्री वितरण
जुम्लामा अपांगता भएका व्यक्तिहरूको जीविकोपार्जनमा सहयोग पुर्याउने उद्देश्यले कृषि सामग्री वितरण गरिएको छ । सामाजिक विकास कार्यालय जुम्ला सहयोग तथा अपाङ्ग पुनर्स्थापना तथा विकास केन्द्र जुम्लाको समन्वयमा कृषि सामग्री वितरण गरिएको हो ।
अपाङ्ग पुनर्स्थापना तथा विकास केन्द्र जुम्ला महासचिव रामकृष्ण न्यौपानेका अनुसार आवश्यकता र क्षमताका आधारमा कृषि सामग्री वितरण गरिएको छ। कृषि सामग्री ग्रिन हाउस, थोपा सिँचाइ, हजारी र १० प्रकारको सागपातको बिउ विजन उपयोग र उत्पादन गर्नसक्ने अपांगता भएका व्यक्तिलाई वितरण गरिएको हो । १६ जना अपांगता भएका व्यक्तिलाई यस्ता कृषि सामग्री वितरण गरिएको छ ।
यस्तै, आवश्यकताका आधारमा ४० जनालाई हेयर मेसिन र ६० जना अपांगता भएका व्यक्तिलाई लौरो वितरण गरिएको अपाङ्ग पुनर्स्थापना तथा विकास केन्द्र जुम्लाले जनाएको छ । सामाजिक विकास कार्यालय जुम्लाका निमित्त कार्यालय प्रमुख टंकप्रसाद न्यौपानेले अपांगता भएका व्यक्तिको जीविकोपार्जनमा टेवा पुर्याउने उद्देश्यका साथ कृषि सामग्री सहयोग गरिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण