संसदमा प्रेम सुवालको प्रश्न : नेपालको सीमास्तम्भ पिलर नम्बर १ सय ९५ खोइ ?
नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले भारतले नेपालको सिमाना मिचेको विषयमा संसद र सरकारको ध्यानाकर्षण गराएका छन् । बुधबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद सुवालले कञ्चनपुरको पुर्नवास फाँटमा रहेको पिलर नम्बर १ सय ९५ ढालिएको वर्षौं भएको बताएका छन् । ढालिएको सीमास्तम्भ निर अचेल नेपालीलाई जान नदिएको उनले बताए ।
सांसद सुवालले भने–‘पिलर नम्बर १ सय ९६ भारत सरकारले वर्षौदेखि गायव पारेको छ । सो पिलर ढालेर ५ किलोमिटर नेपाल छिरेर नक्कली पिलर बनाएको जनताको गुनासो छ । भारत सरकारले डुढुवा राष्ट्रिय निकुञ्जसँग जोडिएको नेपालको भूभाग रहेको जंगल माओवादी द्वन्द्वकालमा गायव बनाएको स्थानीय जनता बताउँछन् । स्थानीय जनताका अनुसार २ लाख ५० हजार बर्ग मिटर क्षेत्रमा रहेको प्याराताल लगायतका क्षेत्रको करिब २ सय बिघा जमिन अतिक्रमण गर्न १ सय ९५ नम्बरको पिलर ढालेको र १ सय ९६ नम्बरको पिलर गायव बनाएको बताइन्छ ।’
उनले भारतले कञ्चनपुरको पुर्नवास, परासन, खुङ्कंकड, रामपुर, बिलासपुर, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, गठ्ठा चौकी र ब्रह्मदेवको नेपालको भूमी मिचेको स्थानीय जनताको गुनासो रहेको बताए । उनले जति जति नेपालका सरकारी पदाधिकारी र नेताहरु भारत भ्रमणमा जान्छन् त्यति त्यति नै भारतले सीमा अतिक्रमण गर्दैै लगेको बताए ।
उनले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेपाली काँग्रेसकी नेतृ आरजु राणा देउवा भारत भ्रमणमा गएका बेला भारतले नेपालको भूमी मिच्ने काम तीब्र पारेको भन्दै प्रचण्डलाई यसबारे सदनमा बोल्न समय दिनुपर्ने बताए । उनले भारतीय प्रहरी टोली नेपालमा गोप्य रुपमा आएको र त्यसका रअका ६ जना सदस्यपनि रहेको सुन्नमा आएको बताए । उनीहरु यूरोनियम तस्कर खोज्दै आएको र यसबारे गृहमन्त्रीलाई सदनमा जवाफ दिन माग गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण