शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

सुडानको जातीय हिंसामा १०५ जनाको मृत्यु

बिहीबार, ०५ साउन २०७९, ०९ : ४८
बिहीबार, ०५ साउन २०७९

सुडानको ब्ल्यु नाइल राज्यमा जातीय हिंसामा १०५ जनाको मृत्यु भएको छ । हिंसामा २९१ जना घाइते भएका  राज्यका स्वास्थ्यमन्त्रीले जानकारी दिएका छन् । 

इथियोपिया र दक्षिण सुडानसँगको सिमानामा रहेको दक्षिणी राज्यमा जुलाई ११ मा बर्टी र हौसा जातीय समूहका सदस्यहरूबीच झडप भएको थियो । ‘स्थिति अहिले शान्त छ,’ स्वास्थ्यमन्त्री जमाल नासेरले भने ।

सेना परिचालन भएपछि झडप नियन्त्रणमा आएको उनले बताए । पुनः झडपको जोखिम कायमै रहेकोले नाइल राज्यमा अझै केही दिन सेना परिचालन हुने भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप